• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


प्रदेश राजधानीसँगै विराटनगर भाषा, साहित्य, कला र संस्कृतिको पनि राजधानी हो : मेयर कोइराला

प्रदेश राजधानीसँगै विराटनगर भाषा, साहित्य, कला र संस्कृतिको पनि राजधानी हो : मेयर कोइराला

images

प्रभाव न्यूज

२७ माघ २०८०
  • 8.6K
    SHARES
  • images
    प्रदेश राजधानीसँगै विराटनगर भाषा, साहित्य, कला र संस्कृतिको पनि राजधानी हो : मेयर कोइराला
    images
    images
    images

    विराटनगर - विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर प्रदेश राजधानी मात्रै नभएर भाषा, साहित्य, कला र संस्कृतिको पनि राजधानी भएको बताउनुभएको छ। 
    सोनाम ल्होसार पर्वका अवसरमा नेपाल तामाङ घेदुङ महानगर समितिले विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विभिन्न जातिको विश्रित बसोबास भएकाले पनि भाषा, कला, साहित्य र संस्कृतिमा विराटनगर निकै धनी रहेको बताउनुभयो । उहाँले प्रदेश राजधानीसँगै सांस्कृतिक राजधानी पनि विराटनगर भएको जिकिर गर्नुभयो । 

    images

    “कुनै समय विराटनगर राजनीति र आर्थिक राजधानीका रुपमा परिचित थियो। मलाई लाग्छ अहिले विराटनगरलाई आर्थिक र राजनैतिक राजधानी भन्न नमिल्ला तर यहाँ धेरै जातजातिको बसोबास भएकाले भाषा, साहित्य, कला र संस्कृतिको राजधानी बन्न सकिन्छ ।” 

    विराटनगरमा १२२ जातिको बसोबास रहेको बताउँदै कोइरालाले हरेक जातिको आफ्नै रीतिरिवाज, भाषासँगै संस्कार र संस्कृति रहेको उल्लेख गर्नुभयो । उहाँले हरेक जातिले आफ्नो भाषा, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।

    उहाँले सबै जातजातिको संस्कृतिको संरक्षण र सम्वद्र्धनमा महानगर गम्भीर रहेको सुनाउनुभयो। कार्यक्रममा नेपाल तामाङ घेदुङ महानगर समितिका पूर्वअध्यक्ष कृष्ण तामाङ, आयोजक समितिकी अध्यक्ष विष्णु तामा, कृष्णभूषण बल स्मृति प्रतिष्ठानकी संरक्षक शोभा लामा बल, नेपाल मगर संघ महानगर समितिका अध्यक्ष कुवेर मगर, समाजसेवी नारायण याख्यालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सो अवसरमा कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए। 

    images

    images
    images

    प्रकाशित :माघ २७, २०८० शनिवार - १८:२०:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij