• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


भूकम्पपछि चीनले गर्‍यो सगरमाथा क्षेत्र प्रवेश बन्द

भूकम्पपछि चीनले गर्‍यो सगरमाथा क्षेत्र प्रवेश बन्द

images

प्रभाव न्यूज

२३ पौष २०८१
  • 7.9K
    SHARES
  • images
    भूकम्पपछि चीनले गर्‍यो सगरमाथा क्षेत्र प्रवेश बन्द
    images
    images
    images

    काठमाडौँ - चीनले सगरमाथा क्षेत्रको उडान बन्द गरेको छ । तिब्बत क्षेत्रमा गएको ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पछि उक्त क्षेत्रमा प्रवेश अस्थायी रुपमा बन्द गरिएको चिनियाँ सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

    images

    चीनले सगरमाथालाई माउन्ट चोमोलाङ्मा भन्ने गर्छ ।

    डिङ्ग्रीलाई चोमोलाङ्माको आधार शिविर मान्ने गरेको छ । त्यहाँका होटल भवन र वरपरका क्षेत्र यथावत् रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेको डिङ्ग्री संस्कृति तथा पर्यटन ब्युरोले जनाएको छ । भूकम्पको प्रभाव भन्दै चीनले सगरमाथा क्षेत्रको प्रवेशमा रोक लगाउँदा नेपाली पक्षले भने यसबारे कुनै निर्णय गरेको छैन ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले यसबारे अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिए ।

    images

    २०७२ सालमा जस्तो यो भूकम्प ठुलो नभएको र क्षतिको अवस्था समेत नरहेकोले बन्द गर्नुपर्ने आवश्यकता समेत नहुन सक्ने प्रवक्ता लामिछाने बताउँछन् ।

    images

    ‘आधिकारिक रूपमा कुनै छलफल र निर्णय भएको अवस्था होइन । तर, अहिलेसम्म भौतिक क्षति भएको भन्ने घटनाहरू केही नआएकोले बन्द नै गर्नुपर्ने अवस्था नहुन सक्छ’ उनले भने ।

    images
    images

    प्रकाशित :पौष २३, २०८१ मंगलवार - १७:५८:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij