• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


रौतहटमा पेट्रोल छर्केर युवकले गरे आत्मदाहको प्रयास, काठमाडौँ रिफर

रौतहटमा पेट्रोल छर्केर युवकले गरे आत्मदाहको प्रयास, काठमाडौँ रिफर

images

प्रभाव न्यूज

३१ आषाढ २०८३
  • 2.0K
    SHARES
  • images
    रौतहटमा पेट्रोल छर्केर युवकले गरे आत्मदाहको प्रयास, काठमाडौँ रिफर
    images
    images
    images

    जनकपुरधाम । रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन्।

    images

    मंगलबार राति करिब १ बजे २८ वर्षीय गौतम कुमार सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। आगलागीबाट उनको घाँटीदेखि तलसम्म करिब ३१.५ प्रतिशत शरीर जलेको छ।

    घाइते सहनीलाई तत्काल बेटर नेपाल अस्पताल, गरुडामा उपचारका लागि लगिएको थियो। अस्पतालबाट बिहान करिब ४ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको कमाण्डमा टोली घटनास्थल र अस्पतालमा खटिएको थियो।

     

    प्रारम्भिक उपचारपछि सहनीलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल, काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ। हाल उनको अवस्था मध्यम रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

    images

    images
    images

    प्रकाशित :आषाढ ३१, २०८३ बुधवार - १०:०६:०९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij