खोटाङ- मुढाले किचेर खोटाङमा एक जनाको मृत्यु भएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ मा उत्तिसको मुढा ट्याक्टरमा लोडगर्ने क्रममा मुढाले किच्दा बिहिवार साँझ धनकुटाको पाख्रिबास नगरपालिका -३ घर भएका ३५ वर्षीय लिला मगरको घटनास्थलमै मृत्यु भएको हो।
ट्याक्टर चालक धनकुटाको नालाचुङ नगरपालिका-३ का १९ वर्षीय शुनिल गुरुङ र को-२ त-९६९९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले प्रभावन्यूजलाई जानकारी दिनुभयो।