• शनिवार, आश्विन २४ गते २०८३

Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते


लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत

लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत

images

प्रभाव न्यूज

२३ आश्विन २०८३
  • 1.4K
    SHARES
  • images
    लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत
    images
    images
    images

    काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।

    images

    बैठकले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ लागतको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना (५८.९ मेगावाट) र १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लागतको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत् परियोजना (४६.७२ मेगावाट) को लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।

    त्यसैगरी, बैठकले अरुण–३ जलविद्युत् परियोजना (९०० मेगावाट) ले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन गर्ने र माथिल्लो कर्णाली जलविद्युत् परियोजना (९०० मेगावाट) का सम्बन्धमा परियोजना विकास सम्झौताको प्रावधानबमोजिम तत्काल निर्माण अघि बढाउने गरी आवश्यक सहजीकरण गर्ने निर्णयसमेत गरेको छ ।

    परियोजनाको कार्यान्वयन तथा लगानीकर्तालाई प्रदान गरिने सेवामा सहजीकरणका लागि लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै, बोर्डद्वारा आह्वान नगरिएका प्रस्तावहरू आवश्यकतानुसार ‘स्वीस च्यालेन्ज’ विधिबाट प्रतिस्पर्धा गराई अगाडि बढाउने कानुनी प्रबन्ध गर्न कार्यालयलाई निर्देशन दिइएको छ । कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनाका लगानी प्रस्ताव आएमा नेपालको नवीकरणीय ऊर्जाको उपयोग तथा रोजगारी सिर्जनामा पुर्‍याउने योगदानलाई मध्यनजर गर्दै प्राथमिकता दिने निर्णय भएको छ ।

    images

    बैठकमा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, मुख्यसचिव गोविन्दबहादुर कार्की, नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत याङकी उक्यावालगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

    images

    images
    images

    प्रकाशित :आश्विन २३, २०८३ शुक्रवार - १६:२५:३८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij