• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतसम्म वृद्धि, केमा कति बढ्यो ?

राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतसम्म वृद्धि, केमा कति बढ्यो ?

images

प्रभाव न्यूज

१६ जेठ २०८३
  • 5.2K
    SHARES
  • images
    राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतसम्म वृद्धि, केमा कति बढ्यो ?
    images
    images
    images

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीहरूको तलबमानमा उल्लेख्य वृद्धि गरेको छ । 

    images

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त सदनमा पेस गरेको आर्थिक वर्ष २०८३/८४को बजेटमा पछिल्लो चार वर्षदेखि वृद्धि नगरिएको राष्ट्रसेवक कर्मचारीहरूको तलब बढाउने निर्णय गरेका हुन् ।

    अर्थमन्त्री डा. वाग्लेले वाचन गरेको बजेटमा कर्मचारीहरूको ‘सुरु स्केल’ मा १० प्रतिशत वृद्धि गरिने उल्लेख छ । यसका अतिरिक्त, कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको थप १० प्रतिशत ‘मासिक प्रोत्साहन भत्ता’ को व्यवस्था गरिने अर्थमन्त्री डा. वाग्लेले बताए । 

    बजारमा महँगी १७.३ प्रतिशतले बढेको र राष्ट्रसेवक कर्मचारीले त्यही अनुसार सम्मानपूर्वक बाच्न पाउने गरी तलबमानमा वृद्धि गरेको जानकारी दिए । 

    images

    यो वृद्धि गरिएको तलबमान आगामी साउन १ गतेदेखि लागू हुने अर्थमन्त्री डा. वाग्लेले बजेट भाषणमा बताए । 

    images

    सरकारले यसअघि २०७९ साउन १ गते १५ प्रतिशतले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको थियो । त्यो बेला सबैभन्दा बढी मुख्यसचिवको आधारभूत तलब ७७ हजार २११ रुपैयाँ थियो । यस्तै शाखा अधिकृतको ४३,६८९ रुपैयाँ कायम गरिएको थियो । अब हुने २१ प्रतिशतको हाराहारी वृद्धिसँगै तल्लो तहका कर्मचारीको न्यूनतम पारिश्रमिक ग्रेडसहित करिब ४० हजार रुपैयाँ र माथिल्लो तहको तलब १ लाख रुपैयाँभन्दा बढी कायम हुने अर्थमन्त्री डा. वाग्लेले बजेट भाषणका क्रममा बताए । 

    २०७९ मा वृद्धि भएपछि मुख्य सचिवको ७७ हजार २११ रहेकोमा अहिले २१ प्रतिशतले वृद्धि हुँदा प्रारम्भिक ९३ हजार ४२५ रूपैयाँ हुनेछ । त्यसमा ०७९ सालको बजेट भाषणदेखि अहिलेसम्म दुई पटक भत्ता बढाउने घोषणा गरिएको थियो । एक पटक ५ हजार र अर्को पटक २ हजार गरी ७ हजार बढाइएको थियो । त्यो अझै पनि कायम राख्ने अर्थमन्त्री डा. वाग्लेले बजेट भाषणका क्रममा बताएका छन् । त्यो पनि जोड्दा  मुख्यसचिवको ग्रेड बिनाको १ लाख ४२५ हुने देखिन्छ ।

    सचिवको ग्रेडबाहेक ८७ हजार २१९ तलब हुन्छ र त्यसमा ७ हजार भत्ता जोड्दा ९४ हजार २१९ हुन्छ । यसमा ग्रेड र अन्य भत्ता जोड्दा अझै बढी हुनेछ । 

    तलबमानको यो वृद्धिले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, परराष्ट्र सेवा, सामुदायिक विद्यालयका शिक्षकहरू, विभिन्न संस्थानका सबै तहका राष्ट्रसेवकहरूलाई समेट्नेछ ।

    महँगी भत्तालाई हालकै अवस्थामा निरन्तरता दिँदै कार्यसम्पादनमा आधारित भत्ता थप गरिएपछि कर्मचारीहरूको जीवनयापन सहज हुने र सार्वजनिक सेवा प्रवाहमा समेत सकारात्मक सुधार आउने सरकारको अपेक्षा रहेको अर्थमन्त्री डा. वाग्लेले बताए । 

    अर्थ मन्त्रालयले यस सम्बन्धी विस्तृत तालिका सार्वजनिक गरेपछि कुन तहको तलबमान कति हुन्छ त्यो निक्र्यौल हुनेछ । 

    images
    images

    प्रकाशित :जेठ १६, २०८३ शनिवार - ०८:१३:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij