• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


एकैपटक सुनको मूल्य २३०० रुपैयाँ बढ्यो

एकैपटक सुनको मूल्य २३०० रुपैयाँ बढ्यो

images

प्रभाव न्यूज

८ भाद्र २०८२
  • 8.8K
    SHARES
  • images
    एकैपटक सुनको मूल्य २३०० रुपैयाँ बढ्यो
    images
    images
    images

    काठमाडौँ । आइतबार सुनको मूल्य एकैपटक तोलामा २ हजार ३०० रुपैयाँ बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार मूल्य वृद्धि भएको हो । 

    images

    जसअनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ।  यसअघि शुक्रबार सोही सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो । शनिबार भने महासंघले मूल्य तोक्ने गरेको छैन । 

    यसैबीच आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको हो । 

    images
    images

    प्रकाशित :भाद्र ८, २०८२ आइतवार - ११:२२:५७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij