• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


तीन महिने सिलाइ बुनाई तालिम सम्पन्न

तीन महिने सिलाइ बुनाई तालिम सम्पन्न

images

प्रभाव न्यूज

२५ मंसिर २०८०
  • 10.9K
    SHARES
  • images
    तीन महिने सिलाइ बुनाई तालिम सम्पन्न
    images
    images
    images

    विराटनगर - एविसी नेपालले आयोजना गरेको तीन महिने सिलाई बुनाई तालिम सम्पन्न भएको छ । गत भदौ २४ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न भएको छ ।

    images

    विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र बिऊ पुँजीसमेत वितरण गरिएको थियो ।

    एवीसी नेपालकी अध्यक्ष विष्ण शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेयर कोइरालाले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

    आफूले सिकेको सीप जीवनभरि रहने उहाँको भनाइ थियो ।

    images

    आफूसँग भएको सीप कसैले चोरेर र खोसेर लान नसक्ने मेयर कोइरालाले बताउनुभयो । कार्यक्रममा युएनएफपीए कोशी प्रदेश प्रमुख श्याम थापा, वैधनाथ कर्ण, भिएसओका संयोजक सुनिल साहलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    images

    लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्यअन्तर्गत सिलाईबुनाई तालिम आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष विष्णु शर्माले जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्रशिक्षार्थीहरुलाई २५ हजार रुपैयाँ बराबरको सिलाई मेसिन र अन्य सामग्री प्रदान गरिएको थियो ।

    images
    images

    प्रकाशित :मंसिर २५, २०८० सोमवार - २२:१०:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij