• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


ग्रामिण क्षेत्रमा बाल विवाह, घरेलु हिंसा र बहु विवाहको समस्या बिकराल

ग्रामिण क्षेत्रमा बाल विवाह, घरेलु हिंसा र बहु विवाहको समस्या बिकराल

images

प्रभाव न्यूज

२५ मंसिर २०८०
  • 10.0K
    SHARES
  • images
    ग्रामिण क्षेत्रमा बाल विवाह, घरेलु हिंसा र बहु विवाहको समस्या बिकराल
    images
    images
    images

    विराटनगर- भोजपुर, पाँचथर, इलाम, धनकुटा, ओखलढुङ्गा, उदयपुर र सुनसरीका ग्रामिण क्षेत्रमा ग्रामिण क्षेत्रमा बाल विवाह, घरेलु हिंसा, बहु विवाहको समस्या बिकराल रहेको पाइएको छ ।

    images

    बहुविवाह गर्नेले विवाह दर्ता नगरिदिने, नागरिकता नबनाइ दिने, मादक पदार्थ सेवन गरेर कुटपिट गर्ने समस्या बढी देखिएको छ ।

    बाल विवाह गर्नु हुन्न भन्ने कुरा अभिभावकलाई जानकारी भएपनि स्कूल पढ्दा पढ्दै गरेका बाल वालिकाले आफू खुसी विवाह गर्ने गरेका छन् । उमेर नपुगी विवाह गरेका बाल बालिकामा उमेरको परिपक्वता आएसँगै असमझदारी बढ्ने, बाल विवाह गरेका दम्पतिको सन्तानको जन्मदर्ता नहुने जस्ता समस्या पाइएको छ । मदिरा सेवन घरेलु हिंसाको प्रमुख स्रोतका रुपमा भेटिएको छ ।

    अधिकांश नागरिकलाई अझै पनि स्थानीय तहले न्याय निरूपण गर्छ भन्ने कुरा पनि थाहा नभएको पाइएको छ । स्थानीय सरकारले पहिलो कार्यकाल पुरा गरेर अर्को कार्यकालको पनि डेढ वर्ष पुरा भइसक्दा पनि स्थानीय तहहरूले न्यायिक समितिको कामका विषयमा नागरिकहरूलाई जानकारी नगराएको पाइएको छ ।

    images

    न्यायिक समिति स्थानिय तहमा गठन भएको छ र उसले सरल एवम् सहज रूपमा न्याय निरूपय गर्छ भन्ने कुरा नागरिकलाई थाहा नभएको पाइएको छ ।

    images

    न्यायमा पहुँच कार्यक्रम अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत कानूनमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले यी सात जिल्लाका १८ वटा स्थानीय तहमा सञ्चालन गरेको क्लिनिकल लिगल एजुकेशन कार्यक्रमबाट यो तथ्य सार्वजनिक भएको हो । पूर्वाञ्चल विश्वविद्यालयका ३५ जना विद्यार्थीले १८ वटा स्थानिय तहमा गएर क्लिनिकल लिगल एजुकेशन सञ्चालन गरेका थिए ।

    कानूनको अज्ञानताका कारण नागरिकहरू समस्यामा परेको भेटिएको छ । क्याम्पसमा पढेको भन्दा बढी व्यवहारिक ज्ञान प्राप्त गरेको विद्यार्थीहरूले बताएका छन् ।

    विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथसाथै व्यवहारिक ज्ञान दिने उद्देश्यले कानूनमा पहुँच परियोजनाको सहकार्यमा क्लिनिकल लिगल एजुकेशन कार्यक्रम सञ्चालन गरिएको पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार निलमणी पोखरेलले जानकारी दिनुभएको छ ।

    पूर्वाञ्चल विश्वविद्यालय कला, कानून तथा शिक्षा संकायका डिन प्रा. डा. अनिलकुमार पोखरेलले क्लिनिकल लिगल एजुकेशनबाट विद्यार्थीहरूले व्यवहारिक ज्ञान पाउनुका साथै नागरिक पनि लाभान्वीत भएको टिप्पणी गर्नुभएको छ । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत काठमाण्डु स्कूल अफ ल, हबिब एजुकेशन फाउण्डेशन कलेज अफ ल ब्राइट भिजन कलेज र कलेज अफ लका ३० जना विद्यार्थीले स्थानीय तहमा ३० दिन बसेर क्लिनिकल लिगल एजुकेशन सञ्चालन गरेका थिए ।

    धनकुटाको शहीदभूमि गाउँ पालिकाका अध्यक्ष मनोज राई, इलामको सन्दकपुर उपाध्यक्ष हरी बहादुर लुङ्गेली, पाँचथरको कुम्मायक गाउँ पालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्का लगायतले विद्यार्थीहरूले उठाएका समस्या क्रमशः पुरा गर्दै जाने प्रतिबद्धता जनाए ।

    यस्तो कार्यक्रमले स्थानीयका साथै स्थानीय तह पनि लाभान्वीत भएकाले कार्यक्रमलाई निरन्तरता दिन विश्वविद्यालयसँग माग गरे ।

    images
    images

    प्रकाशित :मंसिर २५, २०८० सोमवार - २२:०५:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij