• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


धनकुटा र तेह्रथुमका फार्मलाई चार करोड अनुदान

धनकुटा र तेह्रथुमका फार्मलाई चार करोड अनुदान

images

प्रभाव न्यूज

१४ भाद्र २०८०
  • 11.5K
    SHARES
  • images
    धनकुटा र तेह्रथुमका फार्मलाई चार करोड अनुदान
    images
    images
    images

    धनकुटा - धनकुटा र तेह्रथुमका पशुपक्षीपालक कृषकले करिब चार करोड अनुदान रकम पाएका छन्। आव २०७९/८० मा दुई जिल्लाका एक सय ५८ वटा पशुपालनसम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीलाई उक्त अनुदान उक्त अनुदान उपलब्ध गराइएको हो ।

    images

    सम्बद्ध कृषकहरूले धनकुटास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ कार्यालयमार्फत विभिन्न सात शीर्षकमा कोशी प्रदेश सरकारको कार्यक्रमबाट ७५ प्रतिशत अनुदान रकम पाएका हुन् ।

    कार्यालयका अधिकृत पुष्पराज दाहालकाअनुसार एक सय वटा दूधजन्य तथा पशुपक्षीपालक संस्था र ५८ वटा बाख्रा फार्मलाई बोयर बोका अनुदानमा उपलब्ध गराइएको थियो ।

    दूधजन्य उत्पादन कार्यक्रमअन्तर्गत रु १० लाख ३० हजार एक सय ३५ बराबरको मोटरसहितको च्यापकटर ३५ थान वितरण गरिएको थियो । त्यस्तै युवालक्षित पशुविकास कार्यक्रमअन्तर्गत २५ वटा फर्मलाई ४९ लाख ४१ हजार तीन सय र सहकारी संस्थामार्फत पशुपालन कार्यक्रमअन्तर्गत एक संस्थालाई रु तीन लाख ४६ हजार पाँच सय ३९ अनुदान दिइएको थियो ।

    images

    बाख्राको बृहत्तर पकेट प्याकेज कार्यक्रमअन्तर्गत दुईवटा फार्मलाई ८९ लाख ८९ हजार नौ सय र द्वन्द्वपीडित पशुपक्षीपालन कार्यक्रमअन्तर्गत छ वटा फार्मलाई रु १६ लाख ३७ हजार एक सय ३४ अनुदान दिइएको थियो । त्यस्तै दूध उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत ३१ संस्थालाई रु एक करोड ९५ लाख दुई हजार २१ अनुदान दिइएको थियो । कार्यालयले दुई जिल्लाका ५८ बाख्रापालक फार्मलाई रु ३९ लाख ३० हजार बराबरको ५८ वटा उन्नत जातको बोयर बोका वितरण गरेको थियो ।

    images

    जिल्लागतरुपमा धनकुटाका ८७ वटा र तेह्रथुमका ७१ वटा दुग्धजन्य तथा पशुपक्षीपालक फार्म तथा संस्थाले अनुदान पाएका थिए । जसमा धनकुटाका ५७ र तेह्रथुमका ४३ वटा दुग्ध उत्पादक तथा पशुपक्षीपालक फार्महरू र बोयर बोका अनुदान तर्फ धनकुटाका २८ र तेह्रथुमका ३० वटा बाख्रा फार्मले अनुदान पाएका थिए । स्थलगत भ्रमण गरेर अनुदान रकम प्रदान गरिएकाले अनुदानको उचित सदुपयोग भएको धनकुटास्थित भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयका प्रमुख लोकनाथ ढुङ्गानाले जानकारी दिए ।

    आगामी दिनमा अनुदान नीति निर्धारण गर्न आउँदो वर्ष अन्य अनुदान घटाएर दुग्ध उत्पादनमा आधारित अनुदानलाई विशेष जोड दिइने र गत वर्ष प्रदान गरिएको अनुदानको प्रभावकारिताको अनुगमन गरिने उनको भनाइ थियो । दुई जिल्लामा हाल पाँच सय ७२ वटा व्यावसायिक पशुपक्षी फार्म रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    तीमध्ये धनकुटामा सबैभन्दा धेरै एक सय ५२ वटा व्यवसायिक बाख्रा फार्म छन् । त्यस्तै जिल्लामा एक सय २५ वटा गाईभैँसी, एक सय ११ बङ्गुर र ६९ वटा व्यवसायिक कुखुरा फार्म रहेका छन् । तेह्रथुम जिल्लामा पनि सबैभन्दा धेरै ५२ वटा व्यावसायिक बाख्रा फार्म छन् । त्यस्तै जिल्लामा २९ गाईभैँसी, २५ बङ्गुर फार्म र नौ वटा व्यावसायिक कुखुरा फार्म रहेको कार्यालले जनाएको छ । डेरी तथा दुग्ध सङ्कलन केन्द्रतर्फ धनकुटामा ३४ दुग्ध सङ्कलन केन्द्र र १८ वटा डेरी उद्योग सञ्चालनमा छन् ।

    तेह्रथुम जिल्लाको भने कार्यालयमा तथ्याङ्क आई नपुगेको कार्यालयले जानकारी दिएको छ । अहिले धनकुटामा ६२ हजार पाँच सय ७५ गाई, १७ हजार दुई सय भैँसी, १८ लाख एक हजार तीन सय ७१ बाख्रा, ३९ हजार दुई सय ४० बङ्गुर, तीन सय आठ भेडा र ४० लाख एक हजार चार सय ५४ कुखुरा छन् ।

    त्यस्तै तेह्रथुम जिल्लामा गाई ५८ हजार २७, भैँसी २७ हजार ८१, बाख्रा एक लाख २७ हजार दुई सय ३७, बङ्गुर ३७ हजार पाँच सय ४६, भेडा नौ सय ४० र कुखुरा दुई लाख २५ हजार चार सय ९६ रहेको कार्यालयले जनाएको छ । -रासस

    images
    images

    प्रकाशित :भाद्र १४, २०८० बिहिवार - २१:४६:४२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij