• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


मन्त्री राई बेरुजुको चाङमाथि आक्रमक, उठाए १९ करोड

मन्त्री राई बेरुजुको चाङमाथि आक्रमक, उठाए १९ करोड

images

प्रभाव न्यूज

२६ चैत्र २०८१
  • 14.1K
    SHARES
  • images
    मन्त्री राई बेरुजुको चाङमाथि आक्रमक, उठाए १९ करोड
    images
    images
    images

    कोशी प्रदेशका दुई मन्त्रालयले १९ करोड बढी बेरुजु उठाएका छन् ।

    images

    स्वास्थ्य मन्त्रालयले पछिल्लो ६ महिनामा ५३ लाख एक हजार बेरुजु उठाएको हो ।

    सोही अवधिमा भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ करोड ६० लाख ९ हजार ७१७ रुपैयाँ बेरुजु उठाएको छ ।

    दुवै मन्त्रालयको नेतृत्व भूपेन्द्र राईले गरिरहेका छन् ।

    images

    बेरुजु असुललाई अभियानकै रुपमा सञ्चालन गर्दा १९ करोड १४ लाख रुपैयाँ बेरुजु उठेको हो ।

    images

    स्वास्थ्य मन्त्रालयबाट १३ करोड ८५ लाखभन्दा बढी बेरुजु नियमित गरेको छ ।

    मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ३९ करोड ४७ लाख ९४ हजार ७९६ रुपैयाँ बेरुजु नियमित गर्नुपर्ने थियो । जसमा १३ करोड ८५ लाख २३ हजार बेरुजु नियमित भएको हो ।उठाउनु पर्ने दुई करोड २३ लाख ३९ हजार २७१ रुपैयाँमध्ये ५३ लाख १ हजार १२ रुपैयाँ असुल भएको हो ।

    मन्त्रालयले अब एक करोड ७० लाख ३८ हजार २५९ रुपैयाँ उठाउन बाँकी रहेको जनाएको छ । आर्थिक वर्ष २०८०/८१ सम्ममा भौतिक पूर्वाधार मन्त्रालय र मातहतका अन्य १२ वटा कार्यालयको उठाउनु पर्ने बेरुजु रकम ३६ करोड ५१ लाख ७४ हजार ९४० रुपैयाँ थियो । सो मध्ये १८ करोड ६० लाख ९ हजार ७१७ रुपैयाँ बेरुजु असुल गरेको हो ।

    भौतिक पूर्वाधार विकास मन्त्रालयको नियमित गर्नुपर्ने बेरुजु रकम एक अर्ब ७४ करोड ६० लाख १९ हजार १६६ रुपैयाँ छ ।

    सोमध्ये ६ महिनाको अवधिमा २१ करोड २० लाख ३० हजार ६८४ रुपैयाँ नियमित भएको छ ।

    चालु आर्थिक वर्षको अन्त्यसम्ममा दुवै मन्त्रालयले उठाउनु पर्ने बेरुजु सबै असुल गर्ने लक्ष्य रहेको मन्त्री राईले बताएका छन् ।

    images
    images

    प्रकाशित :चैत्र २६, २०८१ बुधवार - १२:१६:५९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij