• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


सुनको मूल्य रेकर्ड ब्रेक

सुनको मूल्य रेकर्ड ब्रेक

images

प्रभाव न्यूज

३ फाल्गुण २०८१
  • 21.7K
    SHARES
  • images
    सुनको मूल्य रेकर्ड ब्रेक
    images
    images
    images

    काठमाडौँ – सातामा नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ बढेको छ । माघ २५ देखि फागुन २ गतेसम्मको अवधिमा छापावाल सुनको मूल्य वृद्धि हुँदै १ लाख ७० हजार २०० रुपैयाँ पुगेको हो । 

    images

    अघिल्लो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ थियो । जबकि हिजो शुक्रबार सुनको मूल्य बढेर १ लाख ७० हजार २०० रुपैयाँ पुगेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  माघ २७ गते १ लाख ६८ हजार २००, २८ गते १ लाख ६९ हजार ६००, २९ गते १ लाख ७० हजार २०० रुपैयाँ कायम भयो । तर, ३० गते फेरि घटेर १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य त्यसपछि भने फेरि बढ्न पुग्यो । जसअनुसार फागुन १ गते १ लाख ६९ हजार ८०० रुपैयाँ पुगेको सुन फागुन २ मा थप बढेर १ लाख ७० हजार २०० पुगेको हो । 

    यो मूल्य भन्सार दर घटेपछिको पनि रेकर्ड नजिकको हो । भन्सार दर घट्नुअघि सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । 

    images

    images
    images

    प्रकाशित :फाल्गुण ३, २०८१ शनिवार - १०:०७:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij