• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


आज पनि बढ्यो सुनको मूल्य

आज पनि बढ्यो सुनको मूल्य

images

प्रभाव न्यूज

२३ माघ २०८१
  • 3.5K
    SHARES
  • images
    आज पनि बढ्यो सुनको मूल्य
    images
    images
    images

    काठमाडौँ – नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य बुधबार तोलामा २ हजार २०० रुपैयाँ बढेको हो । 

    images

    जसअनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार सुन तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि अघिल्लो दिनको तुलनामा सुनको मूल्य वृद्धि नै भएको थियो ।

    यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images

    प्रकाशित :माघ २३, २०८१ बुधवार - १०:४९:४७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij