• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


अध्ययनले भन्छ – माइलो सन्तान सबैभन्दा असल !

अध्ययनले भन्छ – माइलो सन्तान सबैभन्दा असल !

images

प्रभाव न्यूज

२२ माघ २०८१
  • 7.4K
    SHARES
  • images
    अध्ययनले भन्छ – माइलो सन्तान सबैभन्दा असल !
    images
    images
    images

    तपाईंलाई थाहा छ कि जन्मको क्रमले व्यक्तित्वमा प्रभाव पार्न सक्छ ? अर्थात् परिवारमा सबैभन्दा पहिले, बीचमा या सबैभन्दा अन्तिममा जन्म लिनुले व्यक्तित्वमा केही असर पार्न सक्छ ।

    images

    यो विषयमा लामो समयदेखि अनुसन्धान भइरहेको छ । अस्ट्रियाली मानसिक वैज्ञानिक अल्फ्रेड एडलरले एक शताब्दीअगाडि यो विचार प्रस्तुत गरेका थिए कि, जन्मको क्रमले कुनै व्यक्तिको व्यक्तित्वलाई प्रभाव पार्छ ।

    यसलाई यसरी बुझ्न सकिन्छ कि यदि तपाईं घरको सबैभन्दा जेठो सन्तान हुनुहुन्छ भने व्यक्तित्व केही विशेष प्रकारको हुनेछ । यस्तै, यदि तपाईं कान्छो हुनुहुन्छ भने व्यक्तित्वमा केही फरक विशिष्ट कुरा हुनेछन् । माइलो सन्तान सबैभन्दा असल ! स

    बैभन्दा जेठो सन्तानलाई प्रायः महत्वाकाङ्क्षी र बुद्धिमान मानिन्छ, जबकि सबैभन्दा कान्छो सन्तानलाई जिद्दी स्वभावको मानिन्छ । माइलो सन्तानलाई प्रायः कम ध्यान दिइन्छ आमाबाबुको ध्यान सबैभन्दा धेरै जेठो र कान्छो सन्तानमा नै केन्द्रित हुन्छ ।

    images

    हालैको एक अनुसन्धानमा पाइएको छ कि माइलो सन्तानहरू सबैभन्दा असल हुन्छन् । क्यानडाका अनुसन्धानकर्ताका अनुसार माइलो सन्तान सबैभन्दा इमानदार, विनम्र र मिलनसार हुन्छन् ।

    images

    यिनीहरूमा अरूसँग माफी माग्ने, सम्झौता गर्ने, सहकार्य गर्ने र आफ्नो रिस नियन्त्रण गर्ने प्रवृत्ति बढी हुन्छ । साथै, पैसा र सम्पत्तिको लोभ कम हुन्छ र उनीहरू आफूलाई अरूभन्दा श्रेष्ठ ठान्दैनन् ।

    अर्थात् उनीहरू धन र प्रतिष्ठाको पछि कम लाग्छन् र आफूलाई अरूसँग तुलना गर्दैनन् । तर, केही अन्य अनुसन्धानले यी निष्कर्षलाई चुनौती दिएका छन् ।

    उदाहरणका लागि सन् २०२० को एक अध्ययनले यो तर्क गरेको छ कि जन्मको क्रम व्यक्तित्वसँग जोडिएको हुँदैन । यस विषयमा अझै धेरै प्रश्नहरू छन्, तर एउटा कुरा पक्का छ कि माइलो सन्तान तुलनात्मक रूपमा विशिष्ट हुन्छन् ।

    मार्टिन लूथर किङ्ग जुनियर, माडोना, वारेन बफेट र अब्राहम लिङ्कन जस्ता महान् व्यक्तित्वहरू पनि माइलो सन्तान नै थिए ।

    images
    images

    प्रकाशित :माघ २२, २०८१ मंगलवार - २१:४५:५९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij