• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


तपाइँ जन्मिएको बारले यस्तो बताउँछ स्वभाव

तपाइँ जन्मिएको बारले यस्तो बताउँछ स्वभाव

images

प्रभाव न्यूज

२१ माघ २०८१
  • 9.5K
    SHARES
  • images
    तपाइँ जन्मिएको बारले यस्तो बताउँछ स्वभाव
    images
    images
    images

    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ? मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन बार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषले बताउने गरेका छन् । त्यसैले कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ ।

    images

    त्यसलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ-

    आइतवारः – आइतवार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।

    – तपाईहरु अन्तमुखी हुने भएका कारण थोरै साथीहरू हुन्छन् ।

    images

    – निकै संवेदनशील हुने भएका कारण तपाईहरू कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनुहुन्छ ।

    images

    – तपाईहरूमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।

    – तपाईहरु अरूलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।

    – तपाई पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।

    – तपाई कनै पनि कुरामा सम्झौता गर्नुहुन्न । – तपाई सौन्दर्यलाई मन पराउँनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।

    – तपाईको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।

    – तपाई आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईलाई छोड्न चाहन्नन् ।

    सोमवारः – सोमवार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।

    – तपाई मृदुभाषी हुनुहन्छ तर तपाई निकै ‘मुडी’ हुनुहुन्छ । – तपाई निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै ‘नर्भस’ हुनुहुन्छ ।

    – तपाईलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।

    – तपाईका लागि सम्बन्ध निकै महत्व राख्नेछ । – तपाई पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।

    – सोमवार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।

    – सोमवार जन्मेका पुरुषहरू निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।

    – तपाई आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।

    – हुन त तपाई सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईको ‘मुडी’ स्वभावले तपाईलाई तनाव दिने गर्दछ ।

    मंगलवारः – मंगलवार जन्मेका व्यक्तिहरु निकै बहादुर, ‘स्मार्ट’ र ‘एक्टिभ’ हुने गर्दछन् ।

    – यी व्यक्तिहरु अरू मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।

    – यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।

    – मंगलबार जन्मने व्यक्तिहरू गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।

    – उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।

    – यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।

    – यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।

    – यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् । – यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।

    – उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।

    – कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।

    – स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

    बुधवारः – बुधवार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।

    – तपाईको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाई निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।

    – तपाई सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ । – तपाईलाई नयाँनयाँ कुराहरु जान्न निकै मन लाग्छ ।

    – तपाईको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।

    – तपाईहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईहरु जीवनमा निकै सन्तुष्ट हुन्छ ।

    – सकारात्मक सोचसँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।

    – तपाईहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।

    – तपाईहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईलाई प्रभावित तुल्याउन सक्दैनन् ।

    – तपाईहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ ।

    – तपाईको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाई आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ ।

    – तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।

    बिहीवारः – बिहीवार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।

    – तपाई मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।

    – तपाई सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।

    – तपाईको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाई जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।

    – तपाई निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।

    – स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।

    – तपाई चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।

    – तपाईको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।

    – तपाई स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुनुहुन्छ।

    – बिहीवार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।

    – स्वास्थ्यको दृष्टिकोणले बिहीबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।

    – बिहीबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

    शुक्रवारः – शुक्रवार जन्मेका व्यक्तिको मन, दिमाग र शरीर निकै राम्रो हुने गर्दछ ।

    – तपाईहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।

    – तपाईलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।

    – तपाई मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ ।

    – तपाई निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुःखी पनि हुनुहुनेछ ।

    – यदि तपाई पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।

    – तपाई आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाहीँ यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।

    – तपाईका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम।

    – तपाईलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।

    – तपाईको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ ।

    – तपाईसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न ।

    – तपाईले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ ।

    शनिवारः – शनिवार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।

    – तपाई निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डको हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाई हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।

    – तपाई हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईले लगाउने लुगादेखि जुत्तासम्मले तपाईको हाई क्लास पर्सनालिटी झल्काउँछ ।

    – तपाई हुन त सफा मनको हुनु हुन्छ तर कहिले काहीँ स्पष्ट वक्ताको रुपमा तपाईको आलोचना पनि हुने गर्दछ ।

    – तपाईको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ ।

    – तपाई पैसावाला हुनुहुन्छ तर तपाई छिट्टै पैसा खर्च गर्नुहुन्न।

    – तपाईलाई संगीत र खेलमा रुची हुन्छ ।

    – तपाईलाई रिस उठेपछि नराम्रोसँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न ।

    – तपाई जिद्दी हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने विचार राख्नुहुन्छ ।

    – तपाई कसैलाई पनि ठेस पुर्‍याउन चाहनुहुन्न ।

    – तपाईको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाई आफ्नो ‘पार्टनर’लाई निकै ‘केयर’ गर्नुहुन्छ ।

    images
    images

    प्रकाशित :माघ २१, २०८१ सोमवार - २१:५५:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij