• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


एलिनापछि अरुणिमाको पालो –श्रीमानसँगका यतिसम्म भयो ..

एलिनापछि अरुणिमाको पालो –श्रीमानसँगका यतिसम्म भयो ..

images

प्रभाव न्यूज

२१ माघ २०८१
  • 7.9K
    SHARES
  • images
    एलिनापछि अरुणिमाको पालो –श्रीमानसँगका यतिसम्म भयो ..
    images
    images
    images

    पछिल्लो समय एकपछि अर्को महिला कलाकारको वैवाहिक जीवन भड्खालोमा परिरहेको छ। गायिका एलिना चौहानले विवाह गरेको ९ महिनामै श्रीमानसँग सम्वन्ध तोड्न लागेको समाचारबीच एक नायिकाले पनि यस्तै संकेत गरेकी छन्।

    images

    यी नायिका हुन् अमेरिका निवासी अरुणिमा लम्साल। उनले यसै वर्ष गरेको दोस्रो विवाह पनि धरापमा परेको गाईंगुईं सुन्न थालिएको छ। उनको सामाजिक सञ्जालबाट दोस्रो श्रीमानसँगका सबै तस्विरहरु गायब भएपछि चर्चा गर्माएको हो।

    अरुणिमाले गत भदौ ३ गते सुनसरीका स्थानीय कांग्रेस नेता युवराज श्रेष्ठसँग काठमाडौंको राम मन्दिरमा लगनगाँठो कसेकी थिइन्। तर, विवाहको ६ महिना पनि नबित्दै उनीहरुको सम्वन्धमा दरार आएको स्रोतहरुको दावी छ। श्रीमानले आफूलाई चिट गरेको आरोप अरुणिमाले लगाउन थालेकी छन्।

    विवाह गरेको भोलिपल्टै यो जोडी कुदेर प्रकाश सुबेदीको टेलिभिजन शोमा हाजिर हुन पुगेको थियो। सुबेदीलाई दिएको अन्तरवार्तामा दुवैले एक–अर्काको जोडदार प्रशंसा गरेका थिए। युवराजले आफू अब अमेरिका नै गएर पत्नीसँगै बस्ने आकांक्षा प्रस्तुत गरेका थिए। तर, अहिलेसम्म उनी नेपालमै छन्।
    अरुणिमाले विवाहका तस्विर र भिडिओहरु प्रशस्तै संख्यामा आफ्नो फेसबुकमा राखेकी थिइन्। ती तस्वीर–भिडिओहरु अहिले देखिँदैनन्। बरु उनको पहिलो श्रीमान अमित अर्यालसँगको प्रशस्त तस्वीरहरु अझै पनि छन्। इन्स्टाग्राममा अरुणिमा र युवराजले एक–अर्कालाई फलो गरेको देखिँदैन।

    images

    विराटनगर घर भएका अमितसँग अरुणिमाको प्रेम विवाह भएको थियो। उनीहरुबाट एक हुर्किसकेकी छोरी छन्। विवाहको ६ वर्षपछि अरुणिमाले छोरी जन्माएकी थिइन्।

    images

    सन्तानप्राप्तिपछि यो जोडी अमेरिका भासियो। अमेरिका गएको केही समयमै उनीहरुको सम्वन्ध टुटेको खबर सार्वजनिक भएको थियो। त्यसको केही समयमा अमितले दोस्रो विवाह गरिसकेका छन्।

    अरुणिमा र युवराजको भने मागी विवाह हो। अरुणिमा नेपाल घुम्न आएका बेला आफन्तबाट कुरा आएपछि उनीहरुको भेट भएको थियो। दुवैले एक अर्कालाई मन पराएका थिए।

    चिनजान भएको १५ दिनभित्रै विवाह गरेको उनीहरुले अन्तरवार्तामा बताएका छन्। विवाह गरेको केही दिनमै अरुणिमा नियमित सेड्यूल अनुसार अमेरिका गइन्। उनी श्रीमानको घरमा अहिलेसम्म भित्रिएकी छैनन्। वैशाखमा श्रीमतीलाई घर भित्र्याउने युवराजले बताएका थिए।

    विवाहपछि दुवैजना अमेरिका सेटल हुने योजना थियो। तर, अहिले अरुणिमा यो सम्वन्धलाई निरन्तरता दिन नसक्ने मनस्थितिमा पुगेको स्रोतहरुको दावी छ। उनले निकटस्थहरुसँग ‘युवराजबाट धोका पाएको’ बताउने गरेकी छन्।

    युवराजको साइडबाट भने कुनै कुरा सुनिएको छैन। उनको फेसबुक प्रोफाइलमा अहिले पनि अरुणिमासँग विवाहकै फोटो देख्न सकिन्छ।–नेपालप्रेसबाट साभार

    images
    images

    प्रकाशित :माघ २१, २०८१ सोमवार - १६:५५:२०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij