काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेको हो ।
आज सुन तोलाको १ लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले बढेर १ हजार ८ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।