• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


आफूलाई निष्कासन गर्ने निर्णयको विरोधमा उत्रिन भीम रावलको अपिल

आफूलाई निष्कासन गर्ने निर्णयको विरोधमा उत्रिन भीम रावलको अपिल

images

प्रभाव न्यूज

११ पौष २०८१
  • 7.4K
    SHARES
  • images
    आफूलाई निष्कासन गर्ने निर्णयको विरोधमा उत्रिन भीम रावलको अपिल
    images
    images
    images

    काठमाडौं - नेकपा एमालेबाट आफूलाई निष्कासन गर्ने निर्णयको विरोधमा भीम रावलले अपिल गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत् रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा समर्थन खोजेका हुन् ।

    images

    ‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ रावलले एक्समा लेखेका छन् ।

    रावलले पार्टी सदस्यबाट आफूलाई हटाउने निर्णयलाई ओलीको सत्ताउन्माद, निरकुंश, स्वेच्छाचारी र तानाशाही निर्णय भनेका छन् । बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

    cc2e7fe5-2270-46f5-81c7-e834dc74b079.png

    images

    images
    images

    प्रकाशित :पौष ११, २०८१ बिहिवार - १६:१२:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij