• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


जाडोयाममा बढ्यो कन्डमको खपत

जाडोयाममा बढ्यो कन्डमको खपत

images

प्रभाव न्यूज

१० पौष २०८१
  • 7.0K
    SHARES
  • images
    जाडोयाममा बढ्यो कन्डमको खपत
    images
    images
    images

    काठमाडौँ - जाडोयाममा कन्डमको खपत बढ्ने गरेको तथ्याङ्कले देखाएको छ ।

    images

    चालु आर्थिक वर्षको पाँच महिनाको आवधिमा नेपालमा १ एक करोड ५८ लाख पिसभन्दा बढी कन्डम आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार सो वापत १० करोड ५४ लाख ९२ हजार रुपैयाँ खर्च भएको छ ।

    यस्तै सो कन्डम आयात गरेर ३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षभरमा ३ करोड ९२ लाख ३२ हजार ८५० वटा कन्डम आयात भएको थियो ।

    सो कन्डम आयात गर्दा २४ करोड ६९ लाख ८७ हजार रुपैयाँ खर्च भएको थियो र सरकारले ५५ हजार राजस्व सङ्कलन गरेको थियो ।

    images

    सो वर्षभरमध्ये मङ्सिर महिनामा मात्रै १ करोड ९४ लाख २ हजार ४७३ वटा कन्डम आयात गरिएको विभागको तथ्याङ्कमा छ ।

    images

    यो महिनासम्म १२ करोड ०२ लाख ८३ हजार रुपैयाँको कन्डम आयात भएको थियो । मङ्सिर महिना जाडोयाममा बढी कन्डम आयात भएको देखिन्छ ।

    अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ३ करोड ६५ लाख ९९ हजार २९० वटा कन्डम आयात भएको छ । त्यसबापत २१ करोड २८ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ ।

    सरकारले यो वर्ष ७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । उक्त वर्ष मङ्सिरमा मात्रै १ करोड ८४ लाख ०७ हजार ३९० वटा कन्डम आयात भएको थियो ।

    मङ्सिरमा कन्डम आयात गर्दा ९ करोड २८ लाख ५८ हजार रुपैयाँ खर्च भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

    images
    images

    प्रकाशित :पौष १०, २०८१ बुधवार - १५:५१:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij