गीतकार रमेश घिमिरेको शब्द रचना र महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा नायिकाहरु लक्ष्मी बर्देवा, दिना घिमिरे र गीतकार रमेश घिमिरेको नै अभिनय रहेको छ ।
‘प्रीसन्सा हाउस अफ प्रोडक्सन’ले निर्माण गरेको गीतको भिडियोलाई पछिल्लो समयका ब्यस्त युवा निर्देशक प्रीन्स्पन कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा नरेश ऐरको सिनेमाटोग्राफी र नबिन निरौलाको सम्पादन रहेको छ।
‘प्रीसन्सा हाउस अफ प्रोडक्सन’ नेपाली संगीतको सम्बर्द्धनको लािग स्थापना गरिएको र आउने दिनहरुमा राम्रा राम्रा आधुनिक, डान्सिङ गीत र लभ भर्सनका गीतहरुको अडियो र भिडियोको निर्माण गरिने सञ्चालकले जानकारी दिए ।