• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एकाएक मैदानमा किन पुगे ?

माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एकाएक मैदानमा किन पुगे ?

images

प्रभाव न्यूज

६ मंसिर २०८१
  • 6.6K
    SHARES
  • images
    माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एकाएक मैदानमा किन पुगे ?
    images
    images
    images

    नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने बताउनुभएको छ ।

    images

    बिहीबार सहकारी पीडितहरुले काठमाडौंको माइतिघरमा गरेको प्रदर्शनमा पुग्नुभएका श्रेष्ठले सहकारी रकम हिनामिना गर्नेलाई कारवाही गर्दै बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने बताउनुभएको हो ।

    उहाले नेपालमा सहकारीको नाममा जनता लुट्ने काम रोक्न र बचतकर्ताको समस्या समाधान गर्न पनि सरकारसंग माग गर्नुभयो ।

    बचतरकम फिर्ताको माग गर्दै बुधबार माइतिघरमा प्रदर्शन गर्ने पीडितमाथि दमन भएको भन्दै उहाले आपत्ति जनाउनुभयो । 

    images

    माइतिघरमा प्रदर्शन गर्ने क्रममा प्रहरीसंग झडप हुदा केहि बचतकर्ता घाइते भएका थिए । बिहीबार घाइते लगाएतका सहकारी पिडितहरुले पुन माइतिघरमा प्रदर्शन गरेका थिए । 

    images
     
     

    images
    images

    प्रकाशित :मंसिर ६, २०८१ बिहिवार - १७:३७:२९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij