• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


मंसीर ८ मा (रास्वपा)ले यस्तो गर्दै

मंसीर ८ मा (रास्वपा)ले यस्तो गर्दै

images

प्रभाव न्यूज

२ मंसिर २०८१
  • 5.4K
    SHARES
  • images
    मंसीर  ८ मा (रास्वपा)ले यस्तो गर्दै
    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना नेताहरुलाई भेट्न समय नदिएको बताएको छ ।

    images

    आइतबार आयोजित पत्रकार सम्मेलनमा रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि हुने दोस्रो चरणको आन्दोलनको मागपत्र बुझाउन पनि प्रधानमन्त्रीले समय नदिएको बताए ।

    ‘५ दिन प्रयास गर्‍यौं, कुनै कार्यक्रममा भाषण गर्ने क्रममा ज्ञापन लिएर आउँछन् होला फोटो खिचेर पठाउँला भनेर खिसिट्युरी गर्नुभयो, ५ मिनेट मात्र समय दिनुस् भनेर ५ दिनदेखि अनुरोध गर्दा पनि बेवास्ता गर्नुभयो’, उनले भने ।

    प्रधानमन्त्रीको सचिवालयले भेट्न समय मिलाउने आश्वासन दिइरहेको तर प्रधानमन्त्रीकै अरुची देखिएको कार्यबाहक प्रवक्ता झाले बताए । ‘हामी आउँछौं भन्ने कुराको खिसिट्युरी गर्नुभयो, तर समय दिनुभएन’, उनले भने ।

    images
    रास्वपा सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न सकिने पर्याप्त आधार र कारण हुँदाहुँदै हिरासतभित्र राखिनु राजनीतिक प्रतिशोध भएको उनले बताए ।

    रास्वपाले आफ्ना सभापति लामिछानेको पक्राउ, सरकारको कामकारबाही, मुलुकको अर्थतन्त्रलगायतका विषय उठाएर ८ मंसिरदेखि आन्दोलन घोषणा गरेको छ ।

    images
     
     
     
     
     
     
     
     
     
     

    images
    images

    प्रकाशित :मंसिर २, २०८१ आइतवार - १८:३१:१४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij