• शनिवार, श्रावण १६ गते २०८३

TRENDING :

Logo

Aug 01 2026 | २०८३, श्रावण १६गते


शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण छुट दिने निर्णय राजपत्रमा

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण छुट दिने निर्णय राजपत्रमा

images

प्रभाव न्यूज

१४ श्रावण २०८३
  • 850
    SHARES
  • images
    शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण छुट दिने निर्णय राजपत्रमा
    images
    images
    images

    सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत लगाएको शिक्षा र स्वास्थ्यको समता शूल्क पूर्ण छुट भएको छ ।

    images

    अर्थ मन्त्रालयले सो शुल्क छुट हुने सूचना राजपत्रमा प्रकाशित गरेको छ ।

    यसअघि प्रधानमन्त्री बालेनले सो शुल्क छुट हुने घोषणा सामाजिक सञ्जालबाट गरेका थिए ।

    राजपत्रमा प्रकाशित सूचना अनुसार हालसम्म असुल गरेको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क भने १५ दिनभित्र फिर्ता दिइने भएको छ ।

    images

    सो अवधिभित्र फिर्ता गर्न सम्भव नभएमा भने संघीय सञ्चित कोषमा दाखिला गरिने मन्त्रालयले जनाएको छ ।

    images

    सरकारले शिक्षा र स्वास्थ्यमा ३/३ प्रतिशत समता शुल्क लिनेगरी नयाँ कर थपेको थियो ।

    व्यापक आलोचनापछि सरकार यो करबाट पछि हटेको हो ।

    images
    images

    प्रकाशित :श्रावण १४, २०८३ बिहिवार - १८:२७:२०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij