भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले नेपालमा बनेको कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई नेपालका लागि समयको माग भएको टिप्पणी गर्नुभएको छ ।
रिपोटर्स क्लवले बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई आफ्नो पार्टीको समर्थन रहने समेत बताउनुभयो । उहाले नेपालको आन्तरिक मामिलामा भारतले कहिल्यैपनि हस्तक्षेप नगरेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण र बीआरआईबारे जोलीले नेपालका प्रधानमन्त्रीले कुन देश भ्रमण गर्ने भन्ने कुरा नेपालको निर्णय हुने भन्दै त्यसलाई आफूले सम्मान गर्ने बताउनुभयो । उहाले हरेक देशले आफ्नो स्वार्थको लागि कुटनीतिक रुपमा हात मिलाउने गरेको सुनाउनुभयो ।
नेता जोलीले नेपाल र भारतबीच रहेका सिमा विवादपनि सरकारी, राजनीतिक र कुटनीतिक तहको सम्वादबाट हल गरिनुपर्नेमा जोड दिनुभयो । सीमा विवाद हल गर्नको लागि भारत सधैं तयार रहेको उहाको भनाई छ ।
कुनैपनि मुलुकले आफ्नो पैसामा विवादित क्षेत्रको नक्शा समावेश गरेको नदेखेको भन्दै उहाले नेपालले पछिल्लो समय आफ्नो एक सयको नोटमा चुच्चे नक्शा समावेश गरेकोप्रति गुनाशो गर्नुभयो ।
जोलीले आफू भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख भैसकेको नाताले पनि विगत लामो समयदेखि नेपाल आवातजावत गर्ने गरेको स्मरण गर्नुभयो ।