• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न

images

प्रभाव न्यूज

२७ मंसिर २०८१
  • 4.4K
    SHARES
  • images
    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न
    images
    images
    images

    काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले शेयरधनीलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

    images

    साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस शेयर वितरण पश्चात् कायम हुने पुँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्ध पत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ ।

    बैंकले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।

    साधारणसभामा अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण परिपालना गर्दै शेयरधनीलाई लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए ।

    images

    images
    images

    प्रकाशित :मंसिर २७, २०८१ बिहिवार - १५:४८:१४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij