• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


दूध नबिकेपछि किसानले बाटैमा पोखेर खोलो बगाए

दूध नबिकेपछि किसानले बाटैमा पोखेर खोलो बगाए

images

प्रभाव न्यूज

१९ मंसिर २०८१
  • 8.6K
    SHARES
  • images
    दूध नबिकेपछि किसानले बाटैमा पोखेर खोलो बगाए
    images
    images
    images

    दाङ - शान्तिनगर गाउँपालिका २ बाघमारेस्थित दीप कृषि सहकारी संस्थामा सङ्कलन भएको दूध बिक्री नभएपछि बाटैमा पोखेर बगाइएको छ।

    images

    दुग्ध विकास संस्थान कोहलपुर बाँकेलाई बिक्री गर्ने सहमतिअनुसार किसानहरूसँग दूध सङ्कलन गरिएको भए तापनि लामो समय दूध लिन नआएपछि ५/ ७ सय लिटर दूध मङ्गलबार बगाइएको संस्थाका अध्यक्ष नेब बहादुर रोकाले बताए।

    उनका अनुसार सरकारको स्वामित्व प्राप्त डिडिसीसँग यहाँका किसानहरूले उत्पादन गरेको दूध बिक्री गर्ने सम्झौता भएको थियो। त्यहीअनुसार किसानहरूबाट सङ्कलन गरी ल्याएको दूध बिक्री नहुँदा बगाइएको हो।

    उनले भने, ‘डिडिसीले समयमा दूध ल्याएन, आएन, भने जति पनि लग्दैन। लामो समय दूध राख्दा बिग्रिसक्यो। आज मात्र ५/७ लिटर दूध बगाएका छौँ।

    images

    अझै एक हजार बढी लिटर दूध हामीसँग छ।’ यस्तै उनले दूध लैजान डिडिसी कोहलपुरलाई फोन गर्ने गरेको भए तापनि फोन नै नउठाउने र उठाए पनि गाडी नपाउने गरेको गुनासो गरे। उनले किसानहरूको दूध बिक्री नहुँदा समस्या भइरहेको समेत बताए।

    images

    उनले भने, ‘राज्यले किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने हो। तर, यहाँ किसानहरूले उत्पादन गरेको दूध बिक्री नहुँदा विस्थापित हुने अवस्था छ। हामीले रहर नभई बाध्य भएर आज ५०/ ६० हजार बराबर मूल्यको दूध बगाएका छौँ।

    राज्यको ध्यानाकर्षण होस्, भनेर यस्तो गरेका हौँ।’ यस्तै उनले किसानले निकै दु:खले दूध उत्पादन गर्ने हुँदा त्यसले बजार नपाएको भन्दै तीन तहका सरकारले यसमा ध्यान दिनुपर्नेसमेत बताए। आफूहरूले सङ्कलन गर्ने दूध गुणस्तरयुक्त रहनेसमेत उनको भनाइ छ।

    उनका अनुसार डिडिसी कोहलपुरले महिनाको १५ दिनमा एकपटक आउने र एक हजार लिटर मात्र दूध लैजाने गरेको थियो।

    तर, नियमित लिन नआउँदा समस्या भएको हो। दैनिक ३ लिटर दूध आफूहरूले सङ्कलन गर्ने भन्दै उनले डिडिसीले कम मात्रामा लैजाने गर्दा यस्तो समस्या भएको समेत बताए।

    उनका अनुसार स्थानीय बजारमा दूध बिक्रीको व्यवस्था नहुँदा पनि समस्या भएको बताए।

    दूधको गुणस्तर हेरेर किसानहरूले अधिकतम ६७ रुपैयाँ प्रतिलिटर दूधको मूल्य पाउने र एक सय बढी किसानहरू आबद्ध रहेको समेत उनले बताए।

    images
    images

    प्रकाशित :मंसिर १९, २०८१ बुधवार - १८:०७:३४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij