• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


विजय पुनको ‘पत्थरको मुटु’ सार्वजनिक

विजय पुनको ‘पत्थरको मुटु’ सार्वजनिक

images

प्रभाव न्यूज

७ माघ २०७७
  • 39.0K
    SHARES
  • images
    विजय पुनको ‘पत्थरको मुटु’ सार्वजनिक
    images
    images
    images

    सत्य कथामा आधारित विजय पुनको ‘पत्थरको मुटु’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दासको समुधुर स्वर रहेको गीतमा विजय पुन मागको मर्म स्पर्शी श शब्द हरेको भने गीतलाई ऋषि खड्काले संगीत भरेका छन् गीतमा विशाल निरौलाले एरेन्ज गरेका छन् ।

    images

    गीतलाई सुमन रानाले मारुनी डिजिटलमा रेकर्ड गराएका हुन् । साथै कुमार रानाको अडियो मिक्सिङ रहेको हुन्। भिडियोमा दुई युवायुवतीबीच रहेको प्रेमकथालाई प्रस्तुत गरिएको छ । प्रेम, धोका, पीडा, त्याग, बिछोडजस्ता रसहरुको मिश्रित रूप यस भिडियोमा भएको कथावस्तुमा देख्न सकिन्छ । भिडियोमा प्रेम, घरपरिवार र समय परिस्थितिको सम्बन्धलाई चारित्रिक ढङ्गबाट प्रस्तुति दिइएको छ ।

    भिडियोमा टिकटक स्टार विजय पुन र गीता ढुंगानाको अभिनय रहेको छ । साथै रमेश अधिकारीको पाहुना भूमिका देख्न सकिन्छ । भिडियोलाई बुद्ध थापा र उनको संयुक्त समूहले छायांकन गरेका हुन्। भिडियोको मेकअप आर्टिस्ट समारा जोशी हुन् भने पोस्टरलाई सन्तोष सुनारले डिजाईन गरेका हुन् । राजेन्द्र अर्याल प्राविधिक सल्लाहकार रहेको भिडियोको निर्माण व्यवस्थापन राजाराम सिम्खडाले गरेका छन् ।

    भिडियोको रङ्ग संयोजन, भीएफएक्स र सम्पादनको जिम्मा मिलन विश्वकर्माले पाएका थिए । कथा(निर्देशन भने विक्रम चौहानले गरेका छन् । गीतलाई उत्कृष्ट बनाउन धेरै सहयोगी हातहरुको साथ रहेको थियो ।

    images

    गीतकार विजय पुनले आफ्नै जीवनसँग सम्बन्धित विषयबस्तुलाई गीत मार्फत् पस्किने प्रयास गरेका छन् । गीति लेखनमा पुनको यो पहिलो कदम हो ।

    images

    images
    images

    प्रकाशित :माघ ७, २०७७ बुधवार - १६:१८:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij