• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


जनप्रतिनिधिको भत्ता रकम विकास– निर्माणमा खर्च

जनप्रतिनिधिको भत्ता रकम विकास– निर्माणमा खर्च

images

प्रभाव न्यूज

२९ आश्विन २०८१
  • 3.9K
    SHARES
  • images
    जनप्रतिनिधिको भत्ता रकम विकास– निर्माणमा खर्च
    images
    images
    images

    तनहुँ– बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ता विकास–निर्माणका काममा खर्च गरेका छन् ।

    images

    पालिकाका ३४ जना जनप्रतिनिधिले भत्ता सडक, पानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेका हुन् ।

    विसं २०७९ मा निर्वाचन भएपछि वडागत र कार्यपालिका बैठक भत्ता नलिइएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

    ‘हामीले कार्यपालिकाबाट निर्णय गरेका छैनौँ,’ उनले भने, ‘निर्णय नगरे पनि हामीले आजसम्म कुनै भत्ता लिएका छैनौँ ।’एक वर्षमा बैठक भत्तामा १८ लाख खर्च हुने बन्दीपुर–१ का वडाध्यक्षसमेत रहेका उनले बताए।

    images

    त्यसैगरी, अवलोकन भ्रमणबापत एक वर्षमा खर्च गरिने रु १५ लाखसमेत विकास निर्माणमा उपयोग भएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए।

    images

    ‘जनप्रतिनिधिका लागि भ्रमण भत्ताबापत छुट्याइएको रु ६ लाख खर्च भएको छैन’, उनले भने, ‘विकास–निर्माणका काममा भत्ता रकमबाट ठूलो सहयोग मिलेको छ ।’

    images
    images

    प्रकाशित :आश्विन २९, २०८१ मंगलवार - १७:५५:४७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij