• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो

images

प्रभाव न्यूज

२९ आश्विन २०८१
  • 4.8K
    SHARES
  • images
    सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो
    images
    images
    images

    कैलाली- विगतमा शिरदेखि पाउसम्म सुन चाँदीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् ।

    images

    सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो। टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेको बताउने उनले आजभोलि खासै गहना लगाउँदैनिन्।

    ‘विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो उसको इज्जत बढेको जस्तो लाग्यो’, उनले भनिन् ‘तर आजभोलि त्यस्तो छैन, गहना भएका र नभएका दिदीबहिनी उस्तै देखिन्छन् ।’

    घरमा सुरक्षा नभएर भएका गहना पनि अधिकांश महिलाले बैंकको लकरमा राखेका छन् । अधिकांश महिला बजारमा पाइने नक्कली गहनामा सजिने गरेका छन् । एकपटक लगाएको गहना तथा पहिरन फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा हालिसकेपछि पुनः लगाउन लगाउन नचाहेर पनि गहना मोह घटेको हुनसक्ने बताइन्छ।

    images

    जोशीपुरकी सविना श्रेष्ठलाई गहना लगाउन असाध्यै मनपर्छ । हरेक पर्वमा गहनामा सजिन मन पराउने सविनालाई आजभोलि सामाजिक सञ्जालले गाह्रो भएको छ । एकपटक लगाएको गहनाको फोटो खिचिसकेको र फेसबुक, टिकटकमा हालिसकेपछि अर्को पटक लगाउन मन लाग्दैन ।

    images

    ‘गहना जस्तो कुरा पटकपटक किन्न सकिन्न, सुनको मूल्य डेढ लाख बढी पुगेको छ’, उनले भनिन्, ‘त्यसैले बजारमा पाइने नक्कली गहना किन्यो, लगायो सहज भएको छ ।’ गहना धेरै लगाउँदा सुरक्षा जोखिमसँगै नहुने महिलाले असमानता महसुस गर्छन् । सबै समान देखिएमा समाजमा पनि शान्ति स्थापना हुन्छ।

    शिक्षक रुपा साउँद गहना सम्पत्ति भए पनि गहनाले सुरक्षा चुनौती बढाउने बताउँछिन् । ‘गहना धेरै लगाउनु खासै राम्रो पनि होइन, महिलाले सामान्य एकसरो गहना लगाएको राम्रो देखिन्छ, त्यसले अन्यलाई समस्या पनि हुँदैन’, उनी भन्छिन् ‘तडकभडक नगरेको राम्रो हो ।

    तर पछिल्लो समय हरेक पर्व नयाँ पहिरन लगाउने चलनले पनि खर्च बढाएको छ । खर्च कसरी कम गर्ने भन्नेबारेमा ध्यान दिनुपर्छ ।’ सुनचाँदी व्यवसायी प्रविण साहु विगतमा जस्तो सुनचाँदीको कारोबार नरहेको बताउँछन् ।

    ‘सुनको मूल्य बढेकाले पनि व्यवसायमा असर परेको छ । अर्कोतर्फ गहना अत्यावश्यक भएकाले मात्र लगाउने गर्नाले मर्मतको काम पनि घटेको छ’, उनले भने, ‘सुनचाँदी व्यवसायमा ५० प्रतिशत गिरावट आएको छ ।’

    images
    images

    प्रकाशित :आश्विन २९, २०८१ मंगलवार - १०:५०:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij