• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


भारतबाट २० वटा बेलीब्रिज ल्याउँदै सरकार

भारतबाट २० वटा बेलीब्रिज ल्याउँदै सरकार

images

प्रभाव न्यूज

२२ आश्विन २०८१
  • 5.5K
    SHARES
  • images
    भारतबाट २० वटा बेलीब्रिज ल्याउँदै सरकार
    images
    images
    images

    चौतारा : नेपाल सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ। हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो।

    images

    सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिएका हुन्।

    उनले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको जानकारी दिए। सिन्धुपाल्चोकको बाढीप्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन संघका तीनजना मन्त्री आज चौतारा आएका थिए।

    गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा क्षतिबारे छलफल भएको थियो।

    images

    मन्त्रीहरूले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा सडक पूर्वाधार पुनःनिर्माण, उद्धार र राहत सम्बन्धमा जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत स्थानीयबासिन्दासँग छलफल गरेका थिए।

    images

    गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिटो बेलीब्रिजको व्यवस्था गर्ने आश्वासन दिएका छन्। उनले प्रजिअ किरण थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान गरी क्षतिको विवरण तत्काल पठाउन निर्देशन दिए।

    सिन्धुपाल्चोकमा वर्षेनि प्राकृतिक विपद्ले क्षति पुर्‍याउने गरेको छ। योपटक मात्रै १० जनाको मृत्यु, दुई बेपत्ता र ठूलो परिमाणमा भौतिक क्षति भएको छ।

    images
    images

    प्रकाशित :आश्विन २२, २०८१ मंगलवार - १८:३३:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij