• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


काठमाडौं महानगरको बजेट सर्वसम्मत पारित

काठमाडौं महानगरको बजेट सर्वसम्मत पारित

images

प्रभाव न्यूज

२५ आषाढ २०८१
  • 7.0K
    SHARES
  • images
    काठमाडौं महानगरको बजेट सर्वसम्मत पारित
    images
    images
    images

    काठमाडौं - काठमाडौं महानगरपालिकाको बजेट सर्वसम्मत पारित भएको छ ।

    images

    आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट नगरसभाको १५औं अधिवेशनको ५औं बैठकमा प्रमुख बालेन साहले निर्णयार्थ पेस गर्दा आज सर्वसम्मत पारित भएको हो ।

    काठमाडौं महानगरले १० असारमा आगामी आवका लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको थियो ।

    महानगर उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तत गरेको बजेटमा महानगरको सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख जम्मा हुने र जग्गा एकीकरणबाट १ अर्ब ५० करोड आम्दानी हुने लक्ष्य राखेको छ ।

    images

    महानगरले आगामी आवको स्रोतका लागि स्थानीय सञ्चित कोषमा आर्थिक विकासमा १९ करोड ९ लाख खर्च हुने गरी विनियोजन गरेको छ । यस्तै कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ३ अर्ब ४९ करोड ४५ लाख विनियोजन भएको छ ।

    images

    पूर्वाधार विकासमा १४ अर्ब ८१ करोड, सामाजिक विकासतर्फ ३ अर्ब ८१ करोड, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड विनियोजन गरेको छ ।

    महानगरले आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख उठाउने लक्ष्य राखेको छ । यस्तै राजस्वका स्रोतहरूमा महानगरले ससर्त अनुदान संघबाट १ अर्ब ४५ करोड र प्रदेश सरकारबाट ४ करोड ४७ लाख स्रोत अनुमान गरेको छ ।

    संघीय राजस्व बाँटफाँटबाट १ अर्ब ९९ करोड र प्रदेशको राजस्व बाँटफाँट ५५ करोड राजस्व अनुमान महानगरले गरेको छ । स्थानीय राजस्व बाँटफाँटबाट १० करोड अनुमान गरेको छ । समानीकरण अनुदानतर्फ संघबाट ८० र प्रदेशबाट १० करोड अनुमान गरेको छ ।

    आजै महानगरपालिकाको आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ पारित भएको छ ।

    images
    images

    प्रकाशित :आषाढ २५, २०८१ मंगलवार - १९:१३:०९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij