नेपाली बजारमा सुनको मूल्य पूनः ५ सय रुपैयाँले बढेको छ।
मंगलबारभन्दा बुधबार दर बढेर छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ पुगेको हो।
तेजाबी सुन पनि सोही दरमा बढेर आज ९२ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको जनाएको छ ।
अघिल्लो दिन १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ६० रुपैयाँ पुगेको हो। अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस १८ सय ४९ दशमलव २७ अमेरिकी डलरमा कारोबार भएको छ।