• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


भ्यालेन्टाइन अन्तर्गत आज ‘प्रपोज डे’

भ्यालेन्टाइन अन्तर्गत आज ‘प्रपोज डे’

images

प्रभाव न्यूज

२५ माघ २०८०
  • 10.6K
    SHARES
  • images
    भ्यालेन्टाइन अन्तर्गत आज ‘प्रपोज डे’
    images
    images
    images

    काठमाडौँ–

    images

    अहिले ‘भ्यालेन्टाइन वीक’ चलिरहेको छ । ७ फेब्रुअरीबाट १४ फेब्रुअरीसम्म चल्ने भ्यालेन्टाइन विकको पहिलो दिन बुधबार रोज डे मनाइएर मनाइएको छ । यस दिन विवाहित तथा अविवाहित जोडीले एकआपसमा गुलाब दिएर प्रेम अभिव्यक्त गरेका छन् । यस्तै ८ फेब्रुअरीको दिन प्रपोज डे अर्थात् प्रेम प्रस्ताव राख्ने दिन हो ।

    आजको दिनमा आफूले मन पराएको मान्छेलाई प्रेमका लागि खुलेर प्रस्ताव राखिन्छ । यसरी राख्नुहोस् प्रेमी वा प्रेमिकालाई प्रस्ताव १. प्रस्ताव गर्ने तरिका सोचिराख्नुस् : सबै भन्दा पहिला आफ्नो मान्छेलाई कसरी र कहाँ प्रस्ताव राख्ने भनेर पहिला नै योजना बनाउनुहोस् । प्रस्ताव राख्न हतार पनि नगर्नुहोस् ।

    युवतीलाई महँगा उपहारले भन्दा पनि विशेष महसुस गराउँदा धेरै खुसी हुने गर्छन् र रोमान्टिक वातावरणको सिर्जना गर्नुहोस् । २. स्थानको छनोटमा ध्यान दिनुहोस् : आफ्नो प्रेमी वा प्रेमिकालाई प्रेम प्रस्ताव राख्नको लागि उपयुक्त स्थान जहाँ तपाईँका यादहरू जोडिएका हुन्, यस्तो स्थान जहाँ भिडभाड नभएको र वातावरण शान्त होस् ।

    images

    त्यो ठाउँमा रहँदा तपाईँलाई कुनै पुरानो सम्झनाले रमाइलो महसुस गराओस् । आफ्ना कुराहरू आनन्दले राख्न सक्ने स्थान छनोट गर्नुहोस् । ३. आफ्नो लुक्समा ध्यान दिनुस् : आफूले लगाउने कपडा र सुहाउँदो जुत्तामा ध्यान दिनुहोस् ।

    images

    आफूलाई परफेक्ट देखिने खालका कपडा लगाउनुहोस् र पर्फ्युमको प्रयोग गर्नुहोस् ।

    ४. तपाइको महिला साथीलाई यस्तो ठाउँमा लानुहोस् जहाँ तपाईँहरू एक्लै रमाउन पाउनुहुन्छ र त्यस्तो मौकामा केही राम्रा उपहारहरू दिएर आफूतर्फ आकर्षित गर्नुहोस् ।

    यो दिन रोमान्टिक प्रस्तावहरूको सौन्दर्य मनाउन चिह्न स्वरुप प्रस्ताव राखेर मनाइन्छ । प्रेमका प्रस्तावहरू हरेक दम्पतीको जीवनमा धेरै काल्पनिक र अद्वितीय क्षण हुन् ।

    images
    images

    प्रकाशित :माघ २५, २०८० बिहिवार - ०७:५५:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij