• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


कृषि एम्बुलेन्स सञ्चालन 

कृषि एम्बुलेन्स सञ्चालन 

images

प्रभाव न्यूज

२१ माघ २०८०
  • 11.6K
    SHARES
  • images
    कृषि एम्बुलेन्स सञ्चालन 
    images
    images
    images

    खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषि उपज निःशुल्क ढुवानी गरेर बजारसम्म पु-याइदिने उद्देश्यका साथ नगरपालिकाले आज (आइतबार)देखि औपचारिकरुपमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।

    images

    पहिलो दिन वडा नं. ११ खार्मीस्थित ‘सोती बहुउद्देश्यीय कृषक समूह’ले उत्पादन गरेका कृषि उपज निःशुल्क ढुवानी गरिएको छ । शुभम् फाउण्डेशनले निःशुल्क उपलब्ध गराएको बोलेरो पिकअप भ्यानमार्फत कृषि एम्बुलेन्स सेवा दिन शुरु गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभएको छ।

    कृषि एम्बुलेन्समार्फत खार्मीबाट पहिलो पटक ८०० केजी बन्दाकोभी ढुवानी भएको छ। प्रतिकेजी रु ३० मा बिक्री भइरहेको बन्दाकोभी दिक्तेल बजारका विभिन्न ठाउँमा सञ्चालित तरकारी बिक्री केन्द्रले खरिद गरेका छन्।

    नगरपालिकाले निःशुल्क उपलब्ध गराएको बन्दाकोभीको बेर्नाबाट दुई हजार केजीभन्दा बढी उत्पादन भएको समूहका अध्यक्ष हर्कराज राईले जानकारी दिनुभएको छ।

    images

    “हामीले परीक्षणका लागि तीन रोपनी जग्गामा बन्दाकोभीको व्यवसायिक खेती गरेका थियौँ। पहिलो पटकमै राम्रो उत्पादन भएको छ”, उहाँले भन्नुभयो, “यस वर्ष बन्दाकोभीसँगै फूलकोभी, अकबरे खुर्सानी, लसुन, प्याज लगायतका विभिन्न प्रजातिका फलफूल तथा तरकारी खेती गर्ने तयारी गरेका छौँ। सामुहिकरुपमा शुरुवात गरिएको तरकारी खेतीलाई व्यवसायिकरुपमा वृद्धि गर्दै लैजाने योजना छ।”

    images

    images
    images

    प्रकाशित :माघ २१, २०८० आइतवार - १९:३४:०५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij