• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


घरमा रबर प्लान्ट राख्दा के फाइदा हुन्छ ?

घरमा रबर प्लान्ट राख्दा के फाइदा हुन्छ ?

images

प्रभाव न्यूज

९ माघ २०८०
  • 11.6K
    SHARES
  • images
    घरमा रबर प्लान्ट राख्दा के फाइदा हुन्छ ?
    images
    images
    images

    इन्डोर प्लान्टहरू रोप्ने चलन निकै बढेको छ । यसले घर सुन्दर देखाउन मात्र नभइ वरिपरिको वातावरणलाई पनि सफा, स्वच्छ राख्न निकै मद्दत गर्दछ ।

    images

    इन्डोर प्लान्ट घरको कोठा, बार्दली, भर्‍याङ जस्ता ठाउँमा सजाउन सकिन्छ ।

    धेरै इन्डोर प्लान्टहरू मध्ये एक हो– रबर प्लान्ट । रबर प्लान्ट ठूला र चिल्ला पात भएको बिरुवा हो । यो बिरुवा घरमा रोप्दा यसले वरिपरिको हावालाई स्वच्छ राख्न मद्दत गर्छ । रबर प्लान्टलाई उज्यालो, अप्रत्यक्ष प्रकाश आउने ठाउँमा रोप्न सकिन्छ ।

    यो यस्तो बिरुवा हो जसलाई माटो सुख्खा भएपछि मात्र पानी हाल्नु पर्छ । यो बिरुवा घरको जुनै कोठाको झ्यालको छेउमा राख्न सकिन्छ ।

    images

    यसले ताजा हावा प्रदान गर्न मद्दत गर्छ । यसले हावामा रहेको कार्बनडाइअक्साइडको मात्रा सोसेर अक्सिजन प्रदान गर्न मद्दत गर्छ । रबर प्लान्ट राम्रो एयर प्युरिफायर हो । यसले घरमा रहेको हानिकारक धुलोका कणहरूलाई हटाउन मद्दत समेत गर्दछ ।

    images

    images
    images

    प्रकाशित :माघ ९, २०८० मंगलवार - ०७:५८:२४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij