• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


अधिकांश वाणिज्य बैंकको नाफा घट्यो, सुधारको बाटोमा कृषि विकास

अधिकांश वाणिज्य बैंकको नाफा घट्यो, सुधारको बाटोमा कृषि विकास

images

प्रभाव न्यूज

७ माघ २०८०
  • 9.5K
    SHARES
  • images
    अधिकांश वाणिज्य बैंकको नाफा घट्यो, सुधारको बाटोमा कृषि विकास
    images
    images
    images

    काठमाडौं - हाल सञ्चालित २० वाणिज्य बैंकमध्ये अधिकांशको नाफा घटेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्ममा २० मध्ये चार वाणिज्य बैंकको नफामा वृद्धि भएको छ । बाँकी १६ वाणिज्य बैंकको नाफामा कमी आएको हो।

    images

    बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो चैमाससम्मको अपरिष्कृत वित्तीय विवरणानुसार पुस मसान्तसम्म २० वाणिज्य बैंकले कुल २८ अर्ब ७६ करोड ५३ लाख रुपैयाँ नाफा कमाएका छन्। यो नाफा गत वर्षको तुलामा ९.९४ प्रतिशतल कम हो। गत वर्षको सोही अवधिमा २० वाणिज्य बैंकले ३१ अर्ब ९४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।

    यो वर्ष बैंकहरूको खराब कर्जा बढ्दा नाफामा असर देखिएको हो। साथै, सरकारले मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन, एफपीओको प्रिमियम र अक्सनमा सेयर बिक्री गर्दा लिएको प्रिमियमलाई नाफा मानेर बोनस वितरण गर्ने बैंक तथ वित्तीय संस्थाहरूको नाफामा कर लिएपछि नाफा थप प्रभावित भएको मान्न सकिन्छ।

    गएको मंसिर अन्तिम साता सर्वोच्च अदालतले यस्तो कर तिर्नुपर्ने फैसला गरेपछि बैंक तथा वित्तीय संस्थासहित अरू कम्पनीहरूले झन्डै १४ अर्ब रुपैयाँ बुझाएका थिए। यसैको मारमा अधिकांश वाणिज्य बैंक परेका छन्।

    कृषि विकास बैंकले भने नाफामा सुधार गरेको छ। यस अवधिमा यो बैंकले एक अर्ब ५० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको दोस्रो त्रैमाससम्म यो बैंक १२ करोड ८९ लाख रुपैयाँ घाटामा थियो।

    images

    यस्तै, नाफा वृद्धि गर्नेमा हिमालयन, प्राइम कमर्सियल र एभरेस्ट बैंक छन्। वित्तीय विवरणानुसार गत वर्षको तुलनामा सबैभन्दा बढी नाफा वृद्धि हिमालयन बैंकले गरेको छ । यो बैंकको नाफा ५७ प्रतिशतले वृद्धि भएको छ।

    images

    प्राइम कमर्सियल बैंकको ३२ प्रतिशत र एभरेस्ट बैंकको नाफा करिब ८ प्रतिशतले वृद्धि भएको छ ।

    सर्वाधिक नाफा घट्नेमा नेपाल बैंक लिमिटेड छ । यो बैंकको नाफा ४९ प्रतिशतभन्दा बढीले घटेको छ।

    एनआईसी एशिया बैंकको करिब ४२ प्रतिशतले नाफामा कमी आएको छ ।

    पुस मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ। यो बैंकले तीन अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। ग्लोबल आइएमई बैंकले दुई अर्ब चार करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

    images
    images

    प्रकाशित :माघ ७, २०८० आइतवार - १४:५९:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij