• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


साकेला गाउँपालिकाले वडा–वडामा पुगेर वितरण गर्न थाल्यो सामाजिक सुरक्षा भत्ता

साकेला गाउँपालिकाले वडा–वडामा पुगेर वितरण गर्न थाल्यो सामाजिक सुरक्षा भत्ता

images

प्रभाव न्यूज

४ माघ २०८०
  • 18.2K
    SHARES
  • images
    साकेला गाउँपालिकाले वडा–वडामा पुगेर वितरण गर्न थाल्यो सामाजिक सुरक्षा भत्ता
    images
    images
    images

    खोटाङ – खोटाङको साकेला गाउँपालिकाले वडा–वडा पुगेर वृद्धबृद्धा र अशक्तलाई सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ।

    images

    भौगोलिक विकटता, वृद्धावस्था र शारीरिक अशक्तताका कारण बैंकसम्म पुगेर आफ्नो भत्ता लिन नसक्ने लाभग्राहीहरुलाई लक्षित गर्दै गाउँपालिकाले नेपाल एसबिआई बैंकसँगको सहकार्यमा वडा वडा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको हो।

    पाँच वडा रहेको गाउँपालिकामा चालु आर्थिक वर्ष २०८०/०८१ को दोश्रो त्रैमासिक वापतको सामाजिक सुरक्षाभत्ता बुझ्ने वृद्धबृद्धा र शारीरिक अपांगता भएका लाभग्राही एक हजार ३३७ जना रहेको गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख डिएम चाम्लिङले बताए। ज्येष्ठ नागरिकले जनही मासिक चार हजार सामाजिक सुरक्षाभत्ता पाउँदैआएका छन्।

    ‘क’ वर्गको अपंगता भएका लाभग्राहीले मासिक तीन हजार ९९० र ‘क’ वर्गको अपंगता भएका लाभग्राहीले मासिक दुई हजार १२८ रुपैयाँ भत्ता पाउँछन्। विधवा, एकल महिला र ज्येष्ठ दलितले मासिक दुई हजार ६३० रुपैयाँ भत्ता पाइरहेका छन्। हिँडेर बैंकसम्म पुग्न सक्ने लाभग्राहीले भने आफै बैंक पुगेर सामाजिक सुरक्षाभत्ता बुझिरहेका छन्।

    images

    शारीरिक रुपमा हिँडडुल गर्न नसक्ने लाभग्राहीको सहजताकालागि गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को दोश्रो चौमासिकबाट वडा–वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएको छ।

    images

    माघ २ गतेदेखि साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाबाट सुरु गरिएको भुक्तानी शिबिर माघ ९ गते साकेला गाउँपालिका–४ मात्तिममा पुगेर टुंगिने छ। सुरुको दिन बाँझेच्यानडाँडाका ८२ जना लाभग्राहीलाई नौ लाख ७३ हजार भत्ता वितरण गरिएको छ।

    यस्तै, माघ ३ गते बाँझेच्यानडाँडाकै डाँडागाउँमा ६८ जनालाई छ लाख ९८ हजार भत्ता बाँडिएको पञ्जीकरण शाखा प्रमुख चाम्लिङले बताए।

    माघ ४ गते साकेला गाउँपालिका–२ रतन्छाका ३०३ लाभग्राहीलाई सामाजिक सुरक्षाभत्ता वितरण भइरहेको छ।

    टाढा–टाढाका वडाबासी जेष्ठ नागरिकलाई बैंकसम्म धाएर भत्ता लिन शारीरिक रुपमा कष्टकर र झण्झटिलो देखिएपछि घरपायकमा शिविर राखेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए।

    images
    images

    प्रकाशित :माघ ४, २०८० बिहिवार - २०:२०:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij