• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


७ करोड बढीको योजना रातो कितावबाटै हट्यो, दिक्तेल–साप्सुखोला सडकको काम रोकियो

७ करोड बढीको योजना रातो कितावबाटै हट्यो, दिक्तेल–साप्सुखोला सडकको काम रोकियो

images

प्रभाव न्यूज

२० पौष २०८०
  • 23.0K
    SHARES
  • images
    ७ करोड बढीको योजना रातो कितावबाटै हट्यो, दिक्तेल–साप्सुखोला सडकको काम रोकियो
    images
    images
    images

    खोटाङ– निर्माण कम्पनीले समयमा काम नगर्दा खोटाङको दिक्तेल–खोटाङबजार सडक खण्ड अन्तर्गत दिक्तेलको अस्पतालचोकदेखि साप्सु खोलासम्मको सडक स्तरोन्नती योजनाको शिर्षक र बजेट हटेको छ।

    images

    सात करोड बढीको दुई प्याकेजमा ठेक्का सम्झौता भएर स्तरोन्नतीको काम भइरहेको अस्पतालचोक– साप्सु खोला सडक योजनाको शिर्षक र बजेट नै सरकारले रातो कितावबाट हटाएको हो।

    अस्पतालचोक–दुबेचिवा (३ किलोमिटर) सडक खण्ड स्तरोन्नतीको काम ढुकुछु-बगाले-बिएनटी जेभीले जिम्मा लिएको थियो । भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँ खर्चमा २०७९ पुस २८ गतेसम्ममा सम्पन्न गर्नेगरी ढुकुछु-बगाले-बिएनटीले २०७८ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो।

    दुबेचिवा–साप्सुखोला (४ किलोमिटर) सडक खण्ड स्तरोन्नतीको ठेक्का सगरमाथा सजिव आरएन जेभीले लिएको थियो। सगरमाथा सजिवले भ्याटसहित २ करोड ९६ लाख ३७ हजार ५८६ रुपैयाँमा ग्राभेल सक्नेगरी ठेक्का लिएको थियो। उसले २०७९ माघ १५ गतेसम्ममा सम्पन्न गर्नेगरी २०८७ चैत २८ गते सडक स्तरोन्नतीको सम्झौता गरेको थियो।

    images

    अस्पतालचोकदेखि साप्सु खोलासम्म सडक स्तोरोन्नतिको काम निरन्तर नै भइरहेको थियो तर, नेपाल सरकार र अर्थ मन्त्रालयले यस वर्षको रातो कितावमा शिर्षक र बजेट नै समाबेश नगरेपछि योजनाको कामै रोकिएको सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख सिंहबहादु विष्टले जानकारी दिए।

    images

    उनले भने, ‘पहिलो कुुरा त निर्माण कम्पनीले काममा ढिलासुस्ती गरे, अर्को कारण राज्यमा आर्थिक संकट भएका कारण पनि योजना शिर्षकबाटै हटेको हुनसक्छ।’ योजना र बजेट शिर्षकबाटै हटेपछि काम रोकिएको विष्टको भनाई छ। सो सडक स्तरोन्नतिको काम सम्पन्न गर्न पूनः योजनाको शिर्षक र बजेट नआएसम्म काम गर्ने वातावरण नभएको उनको भनाई छ।

    निर्माण कम्पनीको ढिलासुस्तीले हैरान भएपछि काम रफ्तारमा गर्न चेतावनी दिंदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पटक–पटक ठेकेदारको मेसिनमा तालाबन्दी गरेको थियो ।

    ‘निर्माण व्यवसायीको ढिलासुस्ती र लापरवाहीका कारण समयमा काम नहुनुले विकासको एउटा पाटो नै गुमेको छ। योजना नै रातो कितावबाट हट्नु जिल्लाबासीका लागि दुखद् विषय बनेको छ । यो सडक जिल्लाको दुई नम्बर क्षेत्रसँग प्रत्यक्ष जोडिने सडक थियो। तथापि, पौष मसान्तसम्ममा काठमाडौं गएर धर्ना बसेर हुन्छ कि, मन्त्री भटेर हुन्छ योजना ल्याउने प्रयास गर्छु ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।

    उक्त सडकको काम अलपत्र बन्दा मुख्यतः अन्य पालिकाबाट जिल्ला अस्पतालसम्म बिरामीहरू ल्याउन सकस हुनेछ।

    images
    images

    प्रकाशित :पौष २०, २०८० शुक्रवार - १६:३९:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij