• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


भूकम्प प्रभावितका लागि सरकारबाट १ अर्ब बजेट निकासा

भूकम्प प्रभावितका लागि सरकारबाट १ अर्ब बजेट निकासा

images

प्रभाव न्यूज

२ पौष २०८०
  • 8.2K
    SHARES
  • images
    भूकम्प प्रभावितका लागि सरकारबाट १ अर्ब बजेट निकासा
    images
    images
    images

    भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ।

    images

    राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ।

    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, 'हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले आज ९३ करोड रूपैयाँ पठाएका छौं। प्रभावितका लागि सरकारको प्राथमिकताअनुसार नै हामीले रकम पठाएका हौं।' उनले यसअघि पनि सकेसम्म छिटो रकम निकासा गर्ने प्रयास प्राधिकरणले गरेको जानकारी दिए।

    यसअघि कोषमा जम्मा भएको रकम पठाइएकामा अहिले भने अर्थ मन्त्रालयबाट प्राप्त रकम जिल्लामा पठाइएको पनि उनले बताए।पोखरेलका अनुसार अर्थबाट निकासा भएको यो रकम पहिलो हो। गत कात्तिक २७ मा मन्त्रिपरिषदले १० अर्ब रूपैयाँ पठाउने निर्णय गरेको थियो। सोहीअन्तर्गत अर्थले एक अर्ब भूकम्पपीडितका लागि निकासा गरेको हो।

    images

    निकासा भएको रकम जाजरकोटमा ५४ करोड, रूकुम पश्चिममा ३४ करोड र सल्यानमा पाँच करोड पठाइएको उनले जानकारी दिए।

    images

    यसअघि प्राधिकरणले अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड रूपैयाँ पठाइसकेको छ। यसबाट ती जिल्लामा आवास निर्माण भइरहेको छ।

    images
    images

    प्रकाशित :पौष २, २०८० सोमवार - २१:११:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij