• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


बाघजस्तै कुुकुर, गर्छ यस्तो काम

बाघजस्तै कुुकुर, गर्छ यस्तो काम

images

प्रभाव न्यूज

७ माघ २०७७
  • 15.3K
    SHARES
  • images
    बाघजस्तै कुुकुर, गर्छ यस्तो काम
    images
    images
    images

    संसारमा धेरै त्यस्ता अनौठो कुरा छन्, जसलाई पहिलोपटक देख्दा यो नक्कली हो वा सक्कली भनेर छुट्टयाउनै गाह्रो हुन्छ । केही कुराहरु देख्दा यर्थाथ हो वा भ्रम भने खुुट्टयाउन गाह्रो पर्छ ।

    images

    भारतको तेलंगानामा आजकल एउटा कुकुर निकै चर्चामा छ । खासमा यो कुकुर बाघजस्तै देखिन्छ । त्यसैले यसलाई देख्नेहरु छक्क पर्ने गरेका छन् । केसलापुर गाउँको यो कुकुरको शरीरमा बाघका जस्तै धर्साहरु छन्, गाउँलेहरुका अनुसार सानैदेखि यस कुकुरको शरीरमा यी धर्साहरु छन् ।

    त्यसैले यो कुकुरलाई बाघ संझिएर धेरैपटक मानिसहरु डराउने गरेका छन् ।

    नजिकका मानिसहरु यस कुकुरलाई टाइगर डग भनेर बोलाउँछन् । खेतमा काम गर्दै गर्दाको अवस्थामा एक गाउँलेले यो कुकुर भेटेका थिए । त्यसपछि उनले घरमै ल्याएर यसको हेरचाह गर्न थाले ।

    images

    मानिसहरुमात्रै नभएर अन्य जनावरहरु पनि यस कुकुरलाई देखेपछि डराएर भाग्ने गरेका छन् । पशुपालन विभागका अनुसार ब्रिडिङ गरेर यस्तो प्रजातीको कुकुरको संख्या बढाउन सकिन्छ ।

    images

    मानिसहरुले पनि बाघजस्तै धर्साहरु भएका यस्ता कुकुरलाई पाल्नमा रुची देखाइरहेका छन् । त्यसैले यो कुकुर पुरै इलाकामा आर्कषणको केन्द्र बनेको छ । टाइगर डगलाई हेर्न अन्य गाउँहरुबाट पनि मानिसहरु आउने गरेका छन् ।

    images
    images

    प्रकाशित :माघ ७, २०७७ बुधवार - ०९:१३:०६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij