• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


जिउँदो कुखुराको मूल्य किलोमा ५० रुपैयाँले घट्यो

जिउँदो कुखुराको मूल्य किलोमा ५० रुपैयाँले घट्यो

images

प्रभाव न्यूज

२१ कार्तिक २०८०
  • 15.0K
    SHARES
  • images
    जिउँदो कुखुराको मूल्य किलोमा ५० रुपैयाँले घट्यो
    images
    images
    images

    २० कात्तिक, काठमाडौं । दशैं लगत्तै व्यापारीहरुले ब्रोइलर कुखुराको बिक्री मूल्य घटाएका छन् ।

    images

    कुखुरा बिक्री व्यवसायीहरुको संस्था नेपाल नेपाल कुखुरा बिक्री व्यवसायी संघले १२ कात्तिकदेखि यताको ९ दिनमा जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य ५० रुपैयाँले घटाएको हो ।

    संघका अध्यक्ष जंगबहादुर बिसीकाअनुसार १२ गतेयताको ९ दिनमा ५० रुपैयाँले प्रतिकिलो मूल्य घटेको छ ।

    बजारमा उत्पादन धेरै र खपत कम भएपछि मूल्य घटेको बिसीले बताए ।

    images

    संघले १२ कात्तिकमा प्रतिकिलो मूल्य २८० रुपैयाँबाट घटाएर २७० रुपैयाँ तोकेको थियो । त्यसको २ दिनपछि १४ कात्तिकमा पुनः किलोमा १० रुपैयाँले मूल्य घटाएर २६० रुपैयाँ कायम गर्‍यो ।

    images

    १६ कात्तिकमा पुनः किलोमा १० रुपैयाँले घटेको मूल्य १९ कात्तिकमा २५० बाट घटेर २४० रुपैयाँमा आइपुगेको थियो ।

    यस्तै सोमबार २० कात्तिकमा संघले पुनः प्रतिकिलो मूल्य १० रुपैयाँले घटाएर २३० रुपैयाँ तोकेको छ ।

    सो मूल्य २१ कात्तिकको बिहानदेखि लागू हुने छ । जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य किलोमै ५० रुपैयाँले घटेपछि तयारी मासुको मूल्य पनि घट्ने अध्यक्ष बिसीले बताए ।

    images
    images

    प्रकाशित :कार्तिक २१, २०८० मंगलवार - ०६:४६:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij