• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

images

प्रभाव न्यूज

२० कार्तिक २०८०
  • 7.0K
    SHARES
  • images
    गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन
    images
    images
    images

    काठमाडौं - सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

    images

    अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो ।

    कार्यदलले काम सुरु गरेको एक महिनाभित्र प्रतिवेदन बुझाउने छ ।

    कार्यदलले गाँजालाई औषधिका रूपमा उपयोग गर्न सकिनेबारे र गाँजाबाट औद्योगीकरणको सम्भाव्यताबारे अनुसन्धान गर्ने छ । कार्यदलले गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिनेबारे पनि अनुसन्धान गर्ने छ ।

    images

    सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाबारे अध्ययन गर्ने घोषणा गरेको थियो ।

    images

    images
    images

    प्रकाशित :कार्तिक २०, २०८० सोमवार - २०:२८:५८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij