• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


तिहारमा पनि चिनी अभाव हुने संकेत

तिहारमा पनि चिनी अभाव हुने संकेत

images

प्रभाव न्यूज

१४ कार्तिक २०८०
  • 7.0K
    SHARES
  • images
    तिहारमा पनि चिनी अभाव हुने संकेत
    images
    images
    images

    काठमाडौं - दसैँमा सहज रूपमा नपाइएको चिनी तिहारमा पनि अभाव हुने देखिएको छ। तिहारमा गुलियो पदार्थका परिकार बढी बन्ने हुँदा चिनीको माग बढी हुने गरेको छ।

    images

    खुद्रा व्यवसायीहरूका अनुसार तिहारमा २० हजार बोरा (१० लाख किलोग्राम) चिनी काठमाडौं उपत्यकालाई आवश्यक पर्छ। तर, अहिलेसम्म बन्दोबस्त भने भएको छैन। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सहजीकरण गर्ने तयारी गरिरहेको छ।

    विभागले तिहारलक्षित विशेष अनुगमन गरेर थानकोटदेखि साँगासम्म पर्ने गोदामको निरीक्षण गर्ने तयारी गरेको स्रोतले बताएको छ। “बजारमा चिनी लुकाएको भन्ने कुरा आएको छ। हामी विशेष अनुगमन टोली बनाएर अनुगमन गर्ने तयारीमा छौँ,” स्रोतले भन्यो।

    दसैँमा एभरेष्ट चिनी मिलसँग चिनी खरिद गरी नेपाल खुद्रा व्यापार संघलाई दिएको थियो। संघले करिब एक हजार बोरा चिनी एभरेष्ट मिलबाट उठाएको थियो। यो चिनी उपभोक्तालाई प्रतिकिलो ११५ रुपैयाँमा उपलब्ध गराएको थियो।

    images

    यसरी सहुलियत मूल्यमा चिनी उपलब्ध गराएपछि कालो बजारी भने केही हदसम्म नियन्त्रण भएको नेपाल खुद्रा व्यापार संघका उपाध्यक्ष नरेशबाबु शाहीले बताए।

    images

    तिहारमा पनि यसै गरी चिनी उपलब्ध गराउन मन्त्रालय तथा चिनी उद्योगहरूसँग छलफल भइरहेको उपाध्यक्ष शाही बताउँछन्।

    images
    images

    प्रकाशित :कार्तिक १४, २०८० मंगलवार - १९:४३:२५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij