खोटाङ- धान खेतीका लागि प्रख्यात मानिने खोटाङका बिभिन्न ठाउँमा धान पाक्न सुरु गरेको छ।
माङ्सिङ्टार, ठुलीबेंसी, रेग्मीटार, रावाबेंसी र सावाखोलामा धान लटरम्म झुलेको हो।
कतिपय ठाउँमा धान पाकिसकेको र किसानलाई धान काट्न र थन्क्याउन चटारो सुरु भएको छ।
धानका लागि प्रख्यात ति ठाउँहरुमा आगामि तिहार आसपास धान काट्न चटारो हुन्छ। जिल्लामा यसपाला समयमा पानी परेको तथा धानमा कमैमात्रमा रोग देखिएको र हावाहुरी, असीनापानी नपरेका कारण धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ।
तस्वीरहरु - नेकपा एमाले पोलिटब्युरो सदस्य तथा निवर्तमान संविधानसभा सदस्य विशाल भट्टराईको फेसबुकबाट

