• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ

जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ

images

प्रभाव न्यूज

९ आश्विन २०८०
  • 14.4K
    SHARES
  • images
    जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ
    images
    images
    images

    ओखलढुंगा — एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउापालिका–१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन् ।

    images

    एक २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप लगाएपछि धमलालाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक बलिस्टार सिंहले बताए ।

    आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती महिलाले चार दिनअघि (असोज ५ गते) जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएकी थिइन् । धमलाको नाममा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

    सोही पक्राउ पुर्जीअनुसार उनलाई सिद्धिचरण नगरपालिका क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो ।

    images

    प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट निजलाई हिरासतमा राखी अनुसन्धान गर्नू भनी दिन ७ (सात) म्याद थप भएकाले थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक सिंहले जानकारी दिए ।

    images

    images
    images

    प्रकाशित :आश्विन ९, २०८० मंगलवार - १८:००:०३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij