भाउजू नाता पर्ने महिलालाई बलात्कार गरेको आरोपमा बागलुङमा एक जना पक्राउ परेका छन् ।
भाउजू नाता पर्ने पीडित (परिवर्तित नामथर ०८१।०८२ बागलुङ १०) लाई जबर्जस्ती करणी भागेका उनलाई प्रहरीले यही वैशाख २६ गते पक्राउ गरेको बागलुङका डीएसपी वसन्त पाण्डेले जानकारी दिए । उ
नलाई वैशाख २६ गते बिहान साढे ११ बजेतिर बागलुङ नगरपालिका-१ मालढुङ्गाबाट पक्राउ गरिएको उनले बताए।
पीडितको जाहेरी दरखास्त समेतका सबुत प्रमाणका आधारमा बागलुङ जिल्ला अदालतबाट जबर्जस्ती करणी सम्बन्धी कसुरमा दिन ५ (पाँच)को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए ।