• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


२८ वर्षीया युवतीले ५० वर्षीय राइसकुकर बनाउनेलाई प्रेमजाल बिछ्याउँछिन, अनि कुरा पुग्छ बलात्कारसम्म 

२८ वर्षीया युवतीले ५० वर्षीय राइसकुकर बनाउनेलाई प्रेमजाल बिछ्याउँछिन, अनि कुरा पुग्छ बलात्कारसम्म 

images

प्रभाव न्यूज

२६ माघ २०८१
  • 8.4K
    SHARES
  • images
    २८ वर्षीया युवतीले ५० वर्षीय राइसकुकर बनाउनेलाई प्रेमजाल बिछ्याउँछिन, अनि कुरा पुग्छ बलात्कारसम्म 
    images
    images
    images

     

    images

    काठमाडौँ – चितवन रत्ननगर नगरपालिका–८ घर भएर कुलेश्वर बस्ने अस्मिता आचार्य अहिले जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छिन् । उनीमाथि लागेको आरोप हो, ‘हनीट्रयाप’ । अर्थात पुरुषलाई जालमा पारेर रकम असुल गर्न खोजेको आरोप ।

    २८ वर्षीया आचार्यले ५० वर्षीय पुरुषलाई हनीट्रयापमा पारेको आरोपमा माघ २२ मा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । अनुसन्धान कार्यालयको पत्रको आधारमा काठमाडौँ प्रहरीले उनीविरुद्ध आपराधिक लाभ लिन खोजेको कसुरमा अनुसन्धान गरिरहेको छ ।

    करिब ४ महिनाअघि अस्मिता कुलेश्वर स्थित एक इलेकट्रोनिक सामग्री मर्मत पसलमा जान्छिन् । त्यहाँ उनले राइसकुकर मर्मत गरिदिन भनिन् । राइसकुकर मर्मतकर्ताको फोन नम्बर लिइन्, कुरा गर्न थालिन् । अर्कोपटक उनी हटपट मर्मत गराउन गइन् । मर्मतकर्तासँग उनले ऋण सापट लिन थालिन् । 

    images

    सुरुमा चार–पाँच हजार ऋण लिएपछि उनले २ लाख रुपैयाँ मागिन् । पसल सञ्चालकले दुई लाख रुपैयाँ दिन आनाकानी गरेपछि उनलाई अस्मिताले ठमेलमा गएर सँगै खाजा खान आग्रह गर्छिन् । एकपटक उनीहरूले ठमेलमा गएर खाजा खाएको अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी रोशन खड्काले बताए ।

    images

    अस्मिता जाल बिछ्याउँदै थिइन् । एकदिन उनले प्रस्ताव गरिन्, ‘सिनामंगल तिर एउटा होटलमा गएर बसौँ ।’ दुवैजना होटलमा पुग्छन् । होटलमा गएपछि अस्मिताले ‘रकम नदिए बलात्कार मुद्दामा फसाउँछु’ भनेपछि पुरुष छाँगाबाट खसेजस्तै भए । अस्मिताले पुरुषसँग १० लाख माग्न थालिन् ।

    ४ दिनसम्म पैसा नदिएपछि राइसकुकर मर्मतकर्ताको छोराको फेसबुक म्यासेन्जरमा म्यासेजर गरेर उनले भनिन्, ‘तिम्रो बुवाले मलाई बलात्कार गरेको छ, प्रहरीकहाँ उजुरी लिएर जान्छु ।’

    त्यसपछि मर्मतकर्ताको परिवारमा हल्ला फैलियो । उनी १० लाख दिन राजी भए । ३ लाखको चेक दिएर एक हप्तामा दिने सहमति गरे ।

    घटनाबारे जानकारी पाएपछि अस्मितालाई ३ लाख चेक लिएको अवस्थामा चेकसहित पक्राउ गरिएको एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।

    आरोपीको बयान : अस्ट्रेलिया जाने खर्च जुटाउन योजना बनाएँ

    अस्मिताले अस्ट्रेलिया जाने खर्च जुटाउन मर्मतकर्तालाई हनीट्रयापमा पार्ने योजना बनाएको प्रहरीलाई बताएकी छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेकी छन्, ‘श्रीमान् अस्ट्रेलियामा हुनुहुन्छ, म पनि जाने तयारीमा थिएँ पैसाको खाँचो थियो ।’

    हनीट्रयापलाई उनले खर्च जोहो गर्ने माध्यम बनाएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको अनुसन्धानमा संलग्न डीएसपी खड्काले बताए । अस्मिताले बिबिए सम्मको अध्ययन गरेकी छन् ।

    काठमाडौँ महानगरपालिका–१३ कुलेश्वर बस्ने अस्मिताविरुद्ध प्रहरीले अदालतबाट आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

    images
    images

    प्रकाशित :माघ २६, २०८१ शनिवार - ११:१३:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij