• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


परिवार नै चोरीमा संलग्न, पाँचजना पक्राउ

परिवार नै चोरीमा संलग्न, पाँचजना पक्राउ

images

प्रभाव न्यूज

३ जेठ २०८२
  • 10.3K
    SHARES
  • images
    परिवार नै चोरीमा संलग्न, पाँचजना पक्राउ
    images
    images
    images

    कामठाडौं – प्रहरीले चोरीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका–१०, शांखे घर भएका २६ वर्षीय कट्टप्पा भन्ने सुवास बिक, उनकै ठूलो बुवाको छोरा २३ वर्षीय विमल बिक छन् ।

    त्यसरी नै सुवासकै मामा पोखरा महानगरपालिका–१०, गौरीमार्ग बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–९, काल्खु घर भएका ५३ वर्षीय दुर्गा बहादुर थापा, सुवासकै फुपुका छोराहरू तनहुँ शुक्लागण्डकी नगरपालिका–११, दुर्गे घर भएका २२ वर्षीय गणेश सुनार तथा पोखरा महानगरपालिका–२ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–९, काल्खु घर भएका ३३ वर्षीय सुरेश बिक छन् ।

    पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१ र ३२ लगायत विभिन्न स्थानमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

    images

    प्रहरीले उनीहरूको साथबाट करिब १२ तोला आठ लाल बराबरको सुनका विभिन्न गरगहना र करिब २४ तोला बराबरको चाँदीका विभिन्न गरगहना एवम् चोरीमा प्रयोग भएको ग.२२ प ४९८९ नम्बरको मोटरसाइकल र ग.२१ प ६७५३ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

    images

    उनीहरूले हालसम्म पोखराको नौ स्थान र तनहुँको तीन स्थान गरी १२ वटा घरमा चोरी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउ परेकामाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images

    प्रकाशित :जेठ ३, २०८२ शुक्रवार - १५:२२:३४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij