• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


‘एक भगवत् गीता’को ट्रेलर : बदला लिँदै विपीन

‘एक भगवत् गीता’को ट्रेलर : बदला लिँदै विपीन

images

प्रभाव न्यूज

१६ भाद्र २०८०
  • 7.8K
    SHARES
  • images
    ‘एक भगवत् गीता’को ट्रेलर : बदला लिँदै विपीन
    images
    images
    images

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक भएको छ ।

    images

    सार्वजनिक ट्रेलरमा यौनिक अल्पसंख्यक लैंगिक समुदाय र मधेसको कथावस्तु समावेश छ । चलचित्रले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको छ ।

    विपीन कार्की तेस्रोलिंगीका रूपमिा प्रस्तुत भएका छन् । बदलाको कथामा सिनेमा केन्द्रित रहेको ट्रेलरले संकेत गरेको छ ।

    तेस्रोलिंगी चरित्रमा देखिएका विपीनले पितृसत्तात्मक सोच पाल्ने पात्रविरुद्ध विद्रोह गरेका छन् ।

    images

    सुहाना थापा र धीरज मगरको प्रेम सम्बन्ध र रोमान्स ट्रेलरमा समावेश छ ।

    images

    जनकपुरको सेटिङमा खिचिएको सिनेमामा अनुरागमान सिंह कुँवर, कविर खड्का र संजोग रसाईली खलपात्रको चरित्रमा देखिएका छन् ।

    अन्तरजातीय प्रेमकथामा आधारित चलचित्रमा विपीन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको अभिनय छ ।

    सुनील कुमार थापाको निर्माण रहेको सिनेमालाई झरना थापाले निर्देशन गरेकी छन् । चलचित्र यही भदौ २९ गते रिलिज हुँदै छ ।

    images
    images

    प्रकाशित :भाद्र १६, २०८० शनिवार - ०७:३९:०३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij