• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा ७ हजार ७८३ लाभग्राहीले पाए तेश्रो किस्ता, अन्य विवरण यस्तो छ

खोटाङमा ७ हजार ७८३ लाभग्राहीले पाए तेश्रो किस्ता, अन्य विवरण यस्तो छ

images

प्रभाव न्यूज

१२ बैशाख २०७८
  • 13.4K
    SHARES
  • images
    खोटाङमा ७ हजार ७८३ लाभग्राहीले पाए तेश्रो किस्ता, अन्य विवरण यस्तो छ
    images
    images
    images

    खोटाङ - २०७२ साल बैसाखमा गएको भूकम्पका कारण घर बिहिन बनेका खोटाङका साँढे ७ हजारभन्दा बढि लाभग्राहीले तेश्रो किस्ता वापतको अनुदान बुझेका छन्।

    images

    पुःननिर्माणतर्फ ९ हजार ३१० र प्रवलीकरणतर्फ ९७१ गरी १० हजार २८१ लाभग्राही पहिचान गरिएको जिल्लामा ७ हजार ७८३ लाभग्राहीले निजी आवास अनुदान वापत तेश्रो किस्ता बुझेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालय खोटाङले जनाएको छ।

    गोरखा भूकम्पको छैठौं स्मृति दिवसको अवसरमा राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालयले आइतबार दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रीय कार्यक्रममा हालसम्ममा पुःननिर्माणतर्फ ९ हजार ६८ र प्रवलीकरणतर्फ ७८५ गरी ९ हजार ८५३ लाभग्राहीसँग सम्झौता गरिएकामा जिल्लामा हालसम्म पुःननिर्माणतर्फ ८ हजार ८९२ लाभग्राहीले दोश्रो किस्ता बुझेको जानकारी दिइएको छ।

    यस्तै, पुःननिर्माणतर्फ ९ हजार ६८ घर र प्रवलीकरणतर्फ ७८५ गरी ९ हजार ८५३ लाभग्राहीले पहिलो किस्ता बुझेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार खोटाङका नासु एबं सूचना अधिकारी मणिराम ढकालले जानकारी दिए।

    images

    २०७२ साल बैसाख १२ गते गएको भूकम्पपछिको पुःननिर्माणकाक्रममा २४२ लाभग्राहीले पहिलो किस्ता, ९६१ लाभग्राहीले दोश्रो किस्ता र १ हजार १०९ लाभग्राहीले तेश्रो किस्ता लिएका छैनन्।

    images

    कुल लाभग्राहीमध्ये पुःननिर्माणतर्फ २४२ र प्रवलीकरणतर्फ १८६ लाभग्राहीले हालसम्म सम्झौता नै नगरेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार खोटाङका नासु एवं सूचना अधिकारी ढकालले जानकारी दिए।

    चार जनाले फिर्ता गरे अनुदान

    निजी आवास पुःननिर्माणकाक्रममा खोटाङमा एक जना लाभग्राहीले पहिलो किस्ता वापतको ५० हजार अनुदान फिर्ता गरेका छन्।

    यस्तै दोहोरो भुक्तानी लिएका ३ जना लाभग्राहीले १ लाख ५० हजार फिर्ता गरेको छन् । प्राधिकरणका अनुसार डमी खातामा आवास अनुदान जम्मा गरिदिए पनि लामो समयसम्म निकासा नलिएका १५३ लाभग्राहीमध्ये ११५ लाभग्राहीको ६० लाख अनुदान फिर्ता गरिएको छ । यस्तै, पुरानो प्रावधान अनुसार २० र नयाँ प्रावधान अनुसार ५२४ लाभग्राहीलाई प्रवलीकरणबाट पुःननिर्माणमा परिवर्तनका लागि सिफारिस गरिएको छ।

    यस्तै, भूमिहिन लाभग्राही ५ जनामध्ये ४ लाभग्राहीलाई जग्गा खरिदका लागि २-२ लाख प्रदान गरिएको र जोखिम बर्गका ३९ लाभग्राहीमध्ये ३७ लाभग्राहीसँग सम्झौता भइसकेको ढकालले बताए । कार्यक्रममा कन्सल्टेन्ट ईन्जिनियर चञ्चलकुमार झाले राष्ट्रिय पुःननिर्माण प्राधिकरणको अनुदानमा कालोपत्रेका काम भइरहेको दिक्तेल-खानीडाँडा-आहाले सडकको प्रगतीका विषयमा जानकारी दिएका छन्।

    गुम्बा पुःननिर्माण सम्वन्धी प्रगतीका विषयमा प्राधिकरणकाक ईन्जिनियर अर्जुन रावलले जानकारी गराएका छन्। यस्तै, सामाजिक विज्ञ सुरेन्द्रकुमार लिम्बू र वातावरणविद लोकेन्द्र सुव्वाले आवास निर्माण सम्वन्धी वातावरण तथा सामाजिक सुरक्षण कार्यक्रमको प्रगतीको बारेमा जानकारी गराएका छन्।

    images
    images

    प्रकाशित :बैशाख १२, २०७८ आइतवार - १७:५९:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij